गैडाकोटमा विद्युत लाईन गयो, मर्मतको लागि प्राविधिक फिल्डमा

0

डोलराज रानाभाट, चैत्र ४ । गैडाकोटभर अहिले विद्युत लाईन गएको छ । मुकुन्दपुरमा रहेको सव स्टेशनबाट हाइवेसम्म निकालिएको अण्डर ग्राउण्डमा समस्या आएपछि विद्युत लाईन गएको गैडाकोट प्र.शाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो  । अण्डरग्राउण्डमा रहेको करिव ३०० मिटर विद्युत लाइनको ‘केवल हेड ‘ गएका कारण समस्या भएको उहाँले बताउनुभयो ।

मर्मतका लागि आफू स्वयम् र प्राविधिकको टोली अहिले फिल्डमा रहेको र आवश्यक मर्मतका लागि कावासोतीबाट थप टिम मगाएको उहाँले बताउनुभयो । प्रकृती हेर्दा भोलि दिउसो सम्म मर्मत सकिने र विद्युत लाईन आउने छ ।

तर कावासोतीबाट आएको प्राविधिक टोलीले आवश्यक सामाग्री ल्याएको र त्यसपछि ‘चेक’ गरेर सामान्य त्रुटी रहेछ भने अवको दुई घण्टा भित्र लाईन आउने अन्यथा भोलि दिउसो सम्म विद्युत सुचारु गर्न सकिने उहाँको भनाई रहेको छ । केवल भित्र पन्चर नभए अहिले दुइ घण्टा भित्र अन्यथा पन्चर भएको रहेछ भने भोलि विहान फस्ट आवर वा दिउसोसम्म मर्मत सकिने बताउनुभयो । सामान्यतय लोड धेरै भएमात्र यो समस्या आउने भएपनि अहिले नै यसो हुनुको कारण थाहा पाउन काम भइरहेको रिजालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply