विद्यालय जाने समय विहान ९ बजे बनाइदै

0

४ चैत्र । अव वाट विद्यालय जाने समय विहान ९ बजे कायम गर्ने तयारी भएको छ । विद्यालयका वसहरुले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै समय हेरफेरको तयारी भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विद्यार्थीहरुलाई नौ बजेभित्रै विद्यालयमा पुर्याइसक्ने गरी कार्ययोजना तयार पारेको छ । तयार पारेको कार्ययोजना कार्यान्वयन गर्न निर्देशनसहित शिक्षा मन्त्रालयमा पठाएको छ । यसलाई छलफल गरी कार्यान्वयनमा लैजाने तयारी भइरहेको हो । विहान ९ बजेदेखि ३ बजेसम्म गर्नेकी ४ वजेसम्म भन्ने समयमा छलफल हुने बताइएको हो । तर सरोकारवालाहरुले भने विहानै विद्यालय पुर्याउन कठीन हुने र ट्राफिक व्यवस्थापनका लागि वालवालिकालाई दुख नदिन आग्रह गरिएको छ । यसले व्यवहारिक कठिनाई गराउने भनाइहरु आइरहदा कतिपयले भने सरकारी जागिर हुने अभिभावकलाई यसले मद्दत मिल्ने प्रतिक्रियापनि आइरको छन् । अव सरोकारवालाहरुसँग छलफल गरेर निर्णयमा पुग्ने सरकारको तयारी रहेको छ ।

Share.

Leave A Reply