ट्रकको ठक्करबाट भरतपुरको क्यान्सरगेट अगाडि एक महिलाको मृत्यु

0

तस्विर ः सुरज पौडेल

४ चैत्र । ट्रकको ठक्करबाट भरतपुरको क्यान्सरगेट अगाडि एक महिलाको मृत्यु भएको छ । माडी जाँदै गरेको ना ७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाइते हुनुभएको भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको उपचारको क्रममा ६ः४५ बजे भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । आक्रोशित स्थानीयले अहिले भरतपुर माडी सडक खण्ड अवरुद्ध पारेका छन् ।

Share.

Leave A Reply