गैँडाकोट स्वास्थ्य चौकीमा भिडीयो एक्सरे सेवा सुभारम्भ , छिटैँ एम्बुलेन्स सेवा संचालन गर्ने

0

३ चैत्र । गैँडाकोट स्वास्थ्य चौकीमा सोमबार आजदेखि भिडीयो एक्सरे सेवा सुभारम्भ भएको छ । भिडियो एक्सरेको उत्घाटन गदैँ गैँडाकोट नगरपालिका की उपप्रमुख बिष्णु कुमारी कंडेलले गैँडाकोट स्वास्थ्य चौकीमा भिडीयो एक्सरे संञ्चालन सगैँ गैडाकोट बासीले सामान्य भिडियो एक्सरेका लागी भरतपुर पुग्न नपर्ने बताउनुभयो । साथै उहाँले यसले बिषेश गरि गर्भवती महिलालाई सहज हुने विश्वास व्यक्त गर्नुभयो । हरेक हप्ताको सोमबार सेवा संचालन गर्ने गरि करिब १२ लाख लगानीका भिडियो एक्सरे ल्याईएको छ । कार्यक्रममा बोल्दै गैँडाकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष नवराज कंडेलले निकट भबिष्यमा वर्थिङ सेन्टर संचालन गर्ने लक्ष्य लिएकाले पनि भिडियो एक्सरेको निकै आवश्यक रहेकाले भिडियो एक्सरे सेवा सुभारम्व गरेको बताउनुभयो । उहाँले अब छिटै एम्बुलेन्स सेवा पनि संचालन गर्ने बताउनुभयो । गैँडाकोट स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष बिष्णु प्रसाद सापकोटाले स्वागत मंत्वय राख्नुभएको कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य , विभिन्न वडाका वडा अध्यक्ष लगाएतको उपस्तिथी रहेको थियो ।

Share.

Leave A Reply