नवलपुर जिल्लास्तरिय म्याथम्याटिकल ओलम्पीयाड प्रतियोगितामा प्रशान्त सुबेदी प्रथम

0


माया कंडेल
गैंडाकोट, चैत्र ३
नवलपुर जिल्लास्तरिय म्याथम्याटिकल ओलम्पीयाड प्रतियोगिता सोमबार अक्फोर्ड कलेज गैंडाकोटमा भएके छ । प्रतियोगितामा प्रशान्त सुबेदी प्रथम , बलिराम ढकाल द्धितिय, सागर ज्ञवाली तृतिय हुन सफल हुनुभएको गैंडाकोट ईङलिस स्कुलका प्रधानाध्यापक एवम कार्यक्रम संयोजक हिरालाल अर्यालले जानकारी दिनुभयो । त्यस्तै २९ जना प्रतिस्पर्धी सहभागि भएको कार्यक्रमबाट १४ जना विद्यार्थी राष्ट्रिय स्तरिय म्याथम्याटिकल ओलम्पीयाड प्रतियोगितामा सहभागिताका लागि छनौट भएको पनि जानकारी दिनुभयो । उहाँले व्यवहारिक जिवनमा महत्वपूर्ण रहेको गणित बिषयसंग सम्बन्धित रहेको बिषयमा अन्र्तराष्ट्रिय रुपमा नै विद्यार्थी प्रतिस्पर्धामा जानु गौरवको बिषय रहेको बताउनुभयो ।


४० वटा जिल्लामा म्याथम्याटिकल ओलम्पीयाड प्रतियोगिता संचालित रहेको म्याथम्याटिकल एसोसियसन अफ नेपालका अध्यक्ष दिपक बास्तोलाले बताउनुभयो । उहाँले जिल्लास्तरिय प्रतियोगिताबाट छनौट भएका १०० जना विद्यार्थी राष्ट्रिय हुदै अन्तराष्ट्रिय प्रतिस्पर्धामा सहभागि बन्ने बताउनुभयो ।


भरतपुर अर्कीड कलेजका सौरव क्षेत्रीलाई जिल्लास्तरिय म्याथम्याटिकल ओलम्पीयाडमा सहभागि हुन पाउदा खुशी लागेको बताउदै नया नया कुरा सक्नि पाउने अवसर पाएको बताउनुभयो ।
गैंडाकोट वालबिकास आवासिय माध्यामिक विद्यालयकी प्रमिशा पाठकले गणित बिषय जिवनसंग सम्बन्धित भएको र दैनीक व्यवहारिक जिवनमा महत्वपूर्ण रहेको बताउनुभयो ।


कार्यक्रममा प्यावसन नवलपुरका कार्यवाहक अध्यक्ष दिपक रावत प्रमुख अतिथि रहनुभएको थियो । उहाँले यस्ता कार्यक्रमले विद्यार्थीले सिक्ने अवसर प्राप्त गर्ने हुनाले राम्रो कार्यक्रम आयोजना भएको बताउदै आगामी दिनमा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । अक्फोर्ड कलेजका सह प्राचार्य तिलकराम पन्थीको सभापतित्वमा कार्यक्रम भएको थियो । कार्यक्रम संचालन गैंडाकोट ईङलिस स्कुलका प्रधानाध्यापक एवम कार्यक्रम संयोजक हिरालाल अर्यालले गर्नुभएके थियो भने महत्वका बारेमा म्याथम्याटिकल एसोसियसन अफ नेपालका अध्यक्ष दिपक बास्तोलाले जानकारी गराउनुभएको थियो ।

Share.

Leave A Reply