स्थानीय तहहरुमै नयाँ अभ्यासमा गैंडाकोट, कार्यपालिका बैठकको प्रत्यक्ष प्रसारण

0

२ चैत्र । गैँडाकोट नगरपालिकाकाले आफ्नो कार्यपालिकामा भएको आजदेखि बैठक सर्वसाधारणले समेत हेर्न मिल्ने व्यवस्था मिलाएको छ । आज भएको कार्यपालिका बैठक श्रव्यदृश्य माध्यमबाट नगरपालिकाको बडापत्र देखाइदै आएको टेलिभिजन स्क्रिनमा मार्फत देखाईएको थियो ।प्रत्यक्ष प्रशारण गरिएता पनि राम्रोसंग आवाज नबुझिएकोले कसले के बोलेको भन्ने बिषय सुन्न भने कठिन भएको पत्रकारले गुनासो गरेका छन ।


जनताका प्रतिनिधिले बोलेका कुरा जनताले सुन्न र देख्न पाउन भनेर नै यो व्यवस्था मिलाईएको गैंडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलले जानकारी दिनुभयो । गैँडाकोट नगरपालिकाको भवन निर्माण सम्पन्न भएपश्चात मिडियाले प्रत्यक्ष लाइभ गर्न सकिने समेत व्यवस्था मिलाउने सोचमा रहेको गैँडाकोट नगरप्रमुख पौडेलले बताउनुभयो । जनप्रतिनिधि जनताकै लागि भएकाले आफूले चुनेको जनप्रतिनिधिले के योजना र मुद्दा उठान गर्नुभएको छ भन्ने थाहा पाउनका लागि पनि यो अभ्यास गरेको नगरप्रमुख पौडेलले बताउनुभयो । आगामी बैठकमा अझै सुधार हुने कर्मचारीहरुले पनि बताउनुभएको छ ।

Share.

Leave A Reply