पितौजीघाट नगर अस्पतालमा आइसोलेशन कक्ष निर्माण

0


प्रेम क्षेत्री
चैत्र २, गैंडाकोट । कोरोना भाइरसको संक्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गर्दै गैंडाकोट नगरपालिकाको वडा नम्बर ११ मा रहेको पितौजीघाट नगर अस्पतालमा आइसोलेशन कक्ष निर्माण गरिएको छ । आईतबार पत्रकार भेटघाट गरि ३ बेडको आइसोलेशन कक्षको व्यवस्था गरिएको पितौजीघाट नगर अस्पतालका प्रमुख यामबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमयुक्त मुलुकमा सूचीकृत गरेसँगै विभिन्न स्थानमा आइसोलेशन कक्ष स्थापना गरिएसँगै गैंडाकोटमा पनि आईसोलेशन कक्षको व्यवस्था मिलाइएको हो । आइसोलेशन कक्षका लागि आवश्यक बेड, स्वास्थ्यकर्मी, औषधि, उपकरणलगायतको नगरपालिकाको सहकार्यमा व्यवस्थापन गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द सुवेदीले जानकारी दिनुभयो ।


आइसोलेशन कक्षका लागि अस्पतालमा आवश्यक व्यवस्थापन गरिने गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्यले बताउनुभयो । जनचेतनामुलक कार्यक्रमसँगै मानिसको बनोबल बढाउनका लागि पनि आईशोलेसन कक्षको निर्माण गरिएका उहाँको भनाई छ ।
गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले नेपालमा कोरोना भाईरसको संक्रमण नहुने कुरामा विश्वास व्यक्त गर्दै उहाँले सन्त्रास कम गर्न चेतनामुलक कार्यक्रम गर्ने दायित्व अन्र्तगत आइसोलेशन कक्ष निर्माण गरिएको बताउनुभयो । उहाँले नगरबासीको स्वास्थ्य अवस्थाप्रति सचेत रहेको बताउँदै आइसोलेशन कक्ष परामर्शका लागि अझ महत्त्वपूर्ण र उपयोगी हुने बताउनुभयो ।

Share.

Leave A Reply