विकुको सेवा भविष्यमा सातवटै प्रदेशबाट

0


डोलराज रानाभाट, १ चैत ।
गैडाकोट ८ मा मुख्य कार्यालय रहेको विकु बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो सेवा सात वटै प्रदेशमा विस्तार गर्ने भएको छ । संस्थाका अध्यक्ष ओमप्रसाद सापकोटाले अहिलेसम्म ३ वटा प्रदेशमा सेवा विस्तार भइसकेको बताउँदै भविष्यमा सातवटै प्रदेशमा विस्तार गरी ठूलो संस्था सहित गुणस्तरीय सेवा प्रदान गर्दै जाने बताउनुभयो । गैडाकोट ९ मा रहेको नव जागरण बचत तथा ऋण सहकारीसँग एकीकरण पश्चात थुम्सीमा भएको एकीकृत सेवा शुभारम्भ कार्यक्रममा बोल्दै सापकोटाले सहकारीको भावनाले सवै नेपालीलाई विकुमा आवद्ध गराउँदै खुशी र हसीलो बनाई जिवन जिउन सहयोग पुर्याउने गरी काम गर्ने बताउनुभयो ।

विकुको व्यवस्थापन र कार्यान्वयन गर्ने प्रणाली बलियो भएको भन्दै उहाँले संचालकले राम्रो नीति र विधि वनाएको बताउनुभयो । नीति, विधि र प्रविधि नै विकुको सफलता भएको उहाँको भनाइ थियो । ५० पैसाबाट ५ अर्व र २६ जनाबाट ७० हजार शेयर सदस्य पुग्नुनै ठूलो सफलता भएको भन्दै उत्पादनशील क्षेत्रमा लगानी गर्दै देशैभर सेवा पुर्याउने अध्यक्ष सापकोटाको भनाई थियो । कार्यक्रमका प्रमुख अतिथि वडानम्वर ९ का अध्यक्ष प्रेमप्रसाद सापकोटाले नवजागरण सहकारीले पुर्याएको योगदानमा विकु थपिएपछि धेरै सहज हुने बताउनुभयो । कार्यक्रममा भरतपुर महानगरपालिका २ का अध्यक्ष पूर्ण बहादुर श्रेष्ठ, गैडाकोट १ का वडाअध्यक्ष हरिप्रसाद सापकोटा,विजय परिवारका विभिन्न व्यक्तिहरु, नवजागरण सहकारीका पदाधिकारी सहित शेयर सदस्यहरुको कार्यक्रममा सहभागीता रहेको थियो ।

Share.

Leave A Reply