गैँडाकोट वडा नम्बर १८ मा शुक्रबार न्यायिक सचेतना कार्यक्रम

0


माया कंडेल गैँडाकोट ।
गैँडाकोट वडा नम्बर १८ मा शुक्रबार न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । गैंडाकोट १८ दमार वडा कार्यालयमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी गैँडाकोट नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक विष्णुकुमारी कंडेलले विवादमुक्त वडा बनाउन सबै लाग्नुपर्ने बताउनुभयो । सकेसम्म विवाद नै नगर्न आग्रह गर्दै उहाँले विवाद भइहाले समाधानका लागि गैँडाकोट न्यायिक समितिमा सम्पर्क गर्न आग्रह गर्नुभयो । वडाबासीको उत्साहजनक सहभागिताले सबै सक्रिय रहेको भन्ने बुझेको उहाँले बताउनुभयो ।


कार्यक्रममा बोल्दै न्यायिक समिति सदस्य छविकला पाण्डेले विवादले हिंसाको रुप लिन सक्ने जनाउँदै त्यसले इज्जत र मान्छे नै गुम्न सक्ने भएकाले बेलैमा सचेत बन्नुपर्ने बताउनुभयो । कुनै समस्या भए नगरपालिकाको न्यायिक समिति तथा वडामा रहेका मेलमिलापकर्तालाई सम्पर्क गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रशासन प्रमुख पुष्पराज

शर्माले प्रशिक्षण दिनुभएको थियो । उहाँले न्यायिक समितिमा हेरिने मुद्दा र न्यायिक प्रक्रियाका विषयमा जानकारी गराउनुभएको थियो ।
यस्तै न्यायिक समिति सदस्य सुरेन्द्र रेग्मी, छबिकला पाण्डे, नगरपालिकाका प्रशासन प्रमुख पुष्पराज शर्माले प्रशिक्षण दिनुभएको थियो ।


गैँडाकोट १८ का वडा अध्यक्ष तिलबहादुर चितौरेको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै वडामा न्यायिक सचेतना फैलाउन कार्यक्रमले मदत गरेको बताउनुभयो ।
कार्यक्रममा ईन्जिनियर संकर कंडेल,न्यायिक समितिसहजकर्ता गिता न्यूरे, गैंडाकोट नगपालिकाका कर्मचारी ईश्वरी आचार्य , मेलमिलापकर्ता, वडाका महिलाहरुको सहभागिता रहेको थियो । न्यायिक सचेतना कार्यक्रममा सहभागि बन्न पाउदा स्थानीय महिला खुशी भएका थिए ।

Share.

Leave A Reply