कोरानाका कारण नेपालको अर्थतन्त्र प्रभावित, उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव

0

हिमा आर्याल, ३० फागुन । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा गोविन्दराज पोखरेलले कोराना भाइरसको कारणले नेपालको अर्थतन्त्रमा धेरै ठूलो प्रभाव पर्ने बताउनु भएको छ । नेपालमा कोरोनाको संक्रमण नदेखिएपनि विश्वका विभिन्न देशमा परेको असरले नेपालको अर्थतन्त्रमा पनि नोक्सान पुगेको बताउनभयो । अहिले नेपालको पर्यटन क्षेत्रमा प्रत्यक्ष असर देखिाएको र राष्ट्रिय आयमा २ सय देखि २ सय ५० अर्व आम्दानि गर्ने गरेकोमा यसमा ठुलो गिरावट आउने बताउनुभयो ।

अहिले १ सय २० अर्व आम्दानि गुम्ने सम्भावना रहेको भन्दै उहाँले देशमा संचालन भएका ठूला आयोजनाहरु प्नि स्थगित हुेन अवस्थामा पुगेको बताउनुभयो । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गदै उहाँले पर्यटनमा धेरै घाटा भैसकेको र सयौँले रोजगारी गुमाउने उहाँको भनाई छ । त्यसका लािग राज्यको ढुकुटीमा थुप्रिएको रकमलाई नीति निर्माण गरी उत्पादनशील क्षेत्रमा सस्तो व्याजदरमा लगानी गर्न सरकारलाई सुझाव दिनुभयो । नेपालमै उत्पादन हुन सक्ने क्षेत्रमा तत्काल लगानी गर्न सके विदेशबाट आयात हुने सामानको अभाव नहुने उहाँको भनाई छ ।

आयात कम हुँदा राजस्व असुलिमा पनि असर देखिएको भन्दै गत ६ महिनामा सरकार गतिविधी सन्तोषजनक नरहेको बताउनुभयो । कोरोनाको संक्रमण फैलदा जाँदा र विदेशबाट विभिन्न सामानयमा लगाइएको प्रतिवन्धविरुद्ध नेपाली जनता आफै जागरुक हुनुनर्पे र उत्पादन थाल्नुपर्नेमा जोड दिनुभयो ।साथै अहिले आवश्यक भन्दा वढि साद्यवस्तुहरु खरिद गरी स्टक नराख्न उहाँको आग्रह छ । सरकारले खाद्य वस्तुको जोहो गर्न सक्ने अवस्थामा रहेको भन्दै डरले अनावश्यक खरिद नगर्न उहाँको सुझाव थियो ।

कोरोनाका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर देखिन सुरु भएको छ । यस्तो अवस्थामा जनता देखि सरकारले अर्थ क्षेत्रको सुधारका लागि कुन कुन क्षेत्रमा ध्यान दिन जरुरी छ ? कुराकानी गर्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष एवम आर्थिक विश्लेषक डा गोविन्दराज पोखरेल

Posted by 101.6 Vijaya FM on Wednesday, 11 March 2020

Share.

Leave A Reply