रामपुर माविमा भूपु विद्यार्थीहरुको संगठन गठन

0

३० फागुन । पश्चिम चितवनमा रहेको रामपुर माध्यामिक विद्यालयमा हिजो भूतपूर्व विद्यार्थीहरुको संगठन गठन गरिएको छ । पूर्व विद्यार्थीहरुको भेलाले भूतपूर्व विद्यार्थी संगठन गठन गरिएको हो । भरतपुर महानगर पालिका १५ मा अवस्थित विद्यालयमा आज बसेको भेलाले श्रीकृष्ण देवकोटाको संयोजकत्वमा समिति गठन गरिएको छ ।

भेलाले ३४ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा शान्ताअधिकारी, सचिवमा अनिल ढकाल र कोषाध्यक्षमा ईन्दीरा ढकाल चयन हुनुभयो । त्यस्तै पूर्व विद्यार्थीहरुलाई सहभागी गराउनका लागी पूर्व विद्यार्थी मणी पण्डित र विद्यालयका सह प्रधानाध्यापक प्रदीप काफ्लेलाई आईटी संयोजकको जिम्मेवारी दिएको छ । समितिले सम्पूर्ण विद्यार्थीहरुको भेला गर्ने निर्णय गरेको छ । संयोजक देवकोटाले विद्यालयको अवस्था उकास्नका लागी पूर्व विद्यार्थीहरुले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जनाएका छन । भेलामा विद्यालयबाट प्रवेशीका परिक्षादिने पहिलो सत्रकादेखी पछिल्लो समूहका विद्यार्थीहरु सहभागी थियो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर गुरुङले पूर्व विद्यार्थीहरुको सहभागीताले विद्यालयले काजुली फेर्ने विश्वास ब्यक्त गरे । सहयोग समन्वय विना विद्यालयले प्रगती गर्न गारो भएको भन्दै पूर्व विद्यार्थीको विद्यालय प्रतिको मायाले शैक्षिक कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । त्यस्तै विद्यालयका प्रधानाध्यापक शिवहरी पण्डितले शैक्षिक गुणस्तरका लागी हातेमालो आवश्यक रहेको बताए । विद्यालयको प्रगतीको लागीपूर्व विद्यार्थीको सहकार्यले प्रभावकारीता ल्याउने बताउनुभयो ।

२०३४ सालमा तत्कालिन अवस्थामा त्रिभुवन विश्व विद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थानले आफ्ना कर्मचारीका बालबालिका अध्ययन गराउने सुविधाको लागी विद्यालय स्थापना गरेको हो । त्यस बेला निजी विद्यालयबाट अध्ययन गर्न विद्यार्थी रामपुर मावि जाने गर्थे । पश्चिम चितवनमा निजीसंगको प्रतिष्पर्धामा रामपुर माविले ख्याती कमाएको थियो ।

Share.

Leave A Reply