कोरोना भाइरस विश्वव्यापी महामारीः विश्व स्वास्थ्य संगठन

0

२९ फागुन । कोरोना भाइरस कोभिड १९ बाट हजारौँको मृत्यु पछि विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारीको घोषणा गरिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस (कोभिड(१९) लाई विश्वव्यापी महामारी घोषणा गरेको हो। तीन महिनाअघि सुरू भएको यो भाइरसबाट संसारभर हजारौं संक्रमित भएपछि हिजो संगठनले महामारी घोषणा गरेको हो। कोरोना भाइरसबाट एसिया, युरोप, मध्य पूर्व र अमेरिकामा एक लाख २१ हजारभन्दा बढी मान्छे संक्रमित छन् भने बुधबार बिहानसम्म ४ हजार ३ सय ७३ जनाको निधन भइसकेको छ। कोरोना भाइरसको उद्गम देश चीनबाहिर मात्र ३२ हजार ७ सय ७८ जना संक्रमित पाइएका छन्। कम्तिमा १०९ देशमा कोरोना भाइरस पुगेको छ।

Share.

Leave A Reply