त्रिविको नक्कली सक्कली ट्रान्सक्रिप्ट सजिलै पत्ता लाग्ने

0

२९ फागुन । नक्कली सर्टिफिकेट लिनेको संख्या वढ्दै जानुले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को साखलाई गिराएपछि अव नयाँ तरिका अपनाइएको छ । अब विद्यार्थीलाई ‘सेक्युरिटी फिचर’ सहितको ट्रान्सक्रिप्ट उपलब्ध गराउने त्रिविले जनाएको छ । नक्कली रोक्न र सबैलाई एउटै किसिमको उपलब्ध गराउनका लागि सेक्युरिटी फिचरसहितको ट्रान्सक्रिप्ट प्रदान गरिनेछ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले त्रिवि प्राज्ञिक परिषद्बाट निर्णय गरी प्रक्रिया अघि बढेको र उक्त फिचर समावेश पछि ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर जाँच गर्न पनि सकिने छ । त्यसको बीचमा छापसहितको सात प्रकारका विभिन्न फिचरको ढाँचा रहने र त्यसैको आधारमा नै ट्रान्सक्रिप्ट सक्कली हो वा होइन भनेर पत्ता लाग्ने बताइएको छ ।

Share.

Leave A Reply