कानुन सम्मत नभएको भन्दै टुटल र पठाओको सेवा बन्द गर्न निर्देशन

0

२९ फागुन । यातायात व्यवस्था विभागले टुटल र पठाओ सेवा बन्द गर्न  निर्देशन दिएको छ । कानुन सम्मत कार्य नभएको भन्दै सेवा तत्काल वन्द गर्न निर्देशन दिइएको हो । सेवा वन्द नगरे कारवाही गर्ने चेतावनी दिइएको छ । पछिल्लो समय छिटो गन्तव्यमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको टुटल पठाओ जनता माझ लोकप्रिय हुँदै गएको थियो । जसका कारण ट्याक्सी प्रयोग गर्नेको संख्यामा कमी आएको थियो । तर तीनै ट्याक्टी व्यवसायीहरुले टुटल र पठाओको सेवा बन्द गर्द माग गर्दै यातायात व्यवस्था विभाग घेर्न पुगेपछि विभागले सेवा रोक्न भन्दै सूचना जारी गरेको छ । विभागले अन्य प्रयोजनका सवारीले भाडाको यात्रु बोक्न नपाउने भन्दै यस्ता सेवा तत्काल बन्द गर्न सूचित गरिएको हो । यातायात व्यवस्था ऐनको दफा १२ मा ‘कुनै एक प्रयोजनका निम्ति दर्ता भएको सवारी अर्को प्रयोजनमा लगाउन पाइने छैन’ भन्ने उल्लेख छ । यसैको आधारमा बन्द गर्न निर्देशन दिइएको हो । टुटल पठाओका व्यक्तिहरुले भने कानुन निर्माण गरेर संचालन गर्न अनुमित माग गरिरहेका छन् ।

Share.

Leave A Reply