गैडाकोट ५ जनक स्कुल अगाडि बोलेरोको ठक्करबाट एकजनाको मृत्यु

0

२८ फागुन । आज विहान गैडाकोट ५ जनक स्कुल नजिक पूर्वपश्चिम राजमार्गमा बोलेरोले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । विहान २ बजेर २५ मिनेट जाँदा ना ३ च २२६१ नम्वरको बोलेरोले पैदल यात्री गोर्खा पालुङटार न.पा. १० बस्ने अंदाजी ३५ वर्षीय ज्ञान बहादुर कुँवरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भिर घाईते उहाँको उपचारका लागि नयाँ मेडीकल कलेज भरतपुर चितवन पठाईएकोमा उपचारको क्रममा विहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो । ठक्कर दिने बलेरो र चालक नियन्त्रणमा रहेका छन् ।

Share.

Leave A Reply