बुलिङटार जाँदै गरेको जिप दुर्घटना, एक जनाको मृत्यु

0

डोलराज रानाभाट, गैडाकोट, २८ फागुन । कालिगण्डकी करिडोर हुँदै हिजो साँझ बुलिङटार जाँदै गरेको जिप तरङखोला स्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । गैडाकोट बाट बुलिङटार तर्फ जादै गरेको अ.यो.००२७ नम्वरको बलेरो जिप अचानक सड्क बाट करिव १०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय नवलपुले जानकारी दिएको छ ।

दुर्घटनामा परी दाङ जिल्लाका ५३ वर्षीय बिमल चन्द्र सुबेदीको उपचारको क्रममा हिजो राती १० बजे मृत्यु भएको छ । दुर्घटनामा जिपका चालक चितवन जिल्ला राप्ती ४ बस्ने बर्ष २२ का निर्जल हुमागाइ, रौतहट जिल्ला बागमती नगरपालिका २ बस्ने बर्ष ३९ का दल बहादुर सलामी मगर,नुवाकोट जिल्ला ककनि न.पा.४ बस्ने बर्ष २६ का रितिक लामा,ठेगाना खुल्न वाँकी बर्ष २६ का गौतम घले को मध्यम अवस्थामा नयाँ मेडिकल कलेजमा उपचार चलिरहेको छ । जिप कालिगण्डकी करिडोर आयोजनाको रहेको खुलेको छ ।

Share.

Leave A Reply