नवलपुरमा एसइइका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण, ६ हजार ५ सय ७५ जना विद्यार्थी सहभागी हुने

0

डोलराज रानाभाट, गैडाकोट, २७ फागुन । आगामी चैत्र ६ गतेदेखि सुरु हुने एसइइ परीक्षाका लागि नवलपुर जिल्लामा २५ वटा केन्द्र तोकिएको छ । चैत्र १७ गते सम्म संचालन हुने उक्त परीक्षामा जिल्लाबाट ६ हजार ४ सय ६५ जना नियमित र १ सय १० एक्जाम्टेड गरी ६ हजार ५ सय ७५ जना विद्यार्थी सहभागी हुदैछन् ।

गैडाकोटमा कालिका उच्च मावि र जनक माविमा केन्द्र तोकिएको छ । कालिका उच्च मावि केन्द्रमा जनक मावि, गैडाकोट नमुना आवासीय मावि, विजय सामुदायिक शिक्षा सदन र वालविकास इग्लीस वोडिङ स्कुलका विद्यार्थीले परीक्षा दिनेछन् भने जनक मावि केन्द्रमा कालिका उच्च मावि, कन्टीनेन्टल इग्लीस वोर्डिङ, सरस्वती निकेतन, नेपाल राष्ट्रिय शमसेर आदर्श, साइनिङ इग्लीस वोर्डिङ स्कुल, सुर्यविनायक इग्लीस वोर्डिङ, नारायणी मावि, गैडाकोट इग्लीस स्कुल र कृष्ण गण्डकी माविका विद्यार्थीहरुले परीक्षा दिनेछन् ।
कालिका उच्च माविको केन्द्रमा ३८९ जना र जनक माविको केन्द्रमा ४६४ गरी ८५३ जनाले परीक्षा दिनेछन् । अमरापुरीको लक्ष्मी माविलाई पनि केन्द्र तोकिएको छ । जहाँ रत्न राज्य लक्ष्मी उच्च मावि, जनता मावि, अमरज्योति मावि, वालज्योति माविका विद्यार्थीहरु गरी कुल २६१ जनाले परीक्षा दिनेछन् ।

अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटक–पटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ ।

६ चैतबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र ६ तहमा सुरक्षा व्यवस्था गरी जिल्लामा पठाएको छ । अहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन् । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले अघिल्लो वर्ष प्रदेश २ मा प्रश्नपत्रहरू बाहिरिएकाले थप सुरक्षा व्यवस्था गरेको बताए । अघिल्ला वर्षमा एउटा कपडाको थैलोमा विषयअनुसार प्लास्टिकभित्र राख्ने गरिएको थियो । यसपटक प्रत्येक विषयको प्रश्न प्लास्टिकर्ले याप गरी लाहाछाप लगाएर फेरि कपडाको थैलोमा राखेर लाहाछाप लगाइएको छ । खकुरलेका अनुसार योपटक ६ तहमा प्रश्नपत्रको सुरक्षा व्यवस्थापन गरिएको छ ।

Share.

Leave A Reply