पोखराबाट कुकुर ल्याइएपनि चोर पत्ता लगाउन कठिन

0

डोलराज रानाभाट, गैडाकोट, २६ फागुन । गैडाकोट ४ मा रहेको मोनिका सुन चाँदी पसल चोरीको घटनामा अनुसन्धान गर्न पोखराबाट कुकुर सहित आएको प्रहरीको टोली असफल भएको छ । गत फागुन १८ गते पसलबाट चोरिएको लकर गैडाकोट ५ स्थित नारायणी नदि किनारमा फोरेर सामान लगिसकेको अवस्थामा फेला परेपछि पोखराबाट प्रहरीको टोली आज झिकाइएको थियो ।

कुकुर सहित आएको टोलीले भेटिएका सामान सुघाएर पटक पटक कुकुरलाई पत्ता लगाउन निर्देशन दिएपनि नदिको किनारतर्फ मात्रै गएको देखिन्थ्यो । धेरैले नारायणीबाट डुँगा मार्फत सामान लगेको बताएका थिए । पटक पटक प्रयास गरेपनि कुकुरले नतिजा नदिएपछि पोखराको टोली पनि निराश भई फर्किएको छ ।

विजय एफएमसँग सक्षिप्त प्रतिकृया दिँदै अनुसन्धानका लागि आउनुभएका एक जना हवल्दारले घटनास्थल कुकुरले गर्नुपर्ने अनुसन्धान भन्दा वाहिर भएको र पानी परेर सवै भिजेको सामान भएकाले प्रभावकारी हुन नसकेका बताउनुभयो । पोखराबाट हिँड्ने वेलामानै कुकुर प्रभावकारी हूँदैन भनेपनि पीडित पक्षको मागलाई महत्व दिएर आएको बताउनुभएको थियो ।

स्थानीयले लकर देखेपछि इलाका प्रहरी कार्यालय गैडाकोटलाई खवर गरेपछि घटनास्थल गएर सिल गरी पोखराबाट अनुसन्धान गर्न टोली मगाइएको थियो । विहान करिव ९ बजेदेखि शिल गरिएको घटनास्थलमा वेलुका ४ बजेपछि मात्रै पोखराबाट टोली आएको थियो । टोली आएपछि मात्रै हेरिएको लकर भित्र सुन राख्न प्रयोग गरिएको ६ थान रित्ता वट्टा सहित संचालक उमेश गहतराजका महत्वपूर्ण कागजात मात्रै फेला परेको थियो ।

अरु सुनका सवै सामान लगिसकेको अवस्थामा भेटिएको लकर नजिक सिलिण्डर ग्यास, घन, निलो वाल्टीन फेला परेको थियो । ९ दिनको दिन रित्तो लकर भेटिएपछि पसलका संचालक देखि सुन व्यवसायीहरु आक्रोशित हुँदै प्रशासनको अनुसन्धान फितलो भएको बताएका छन् । एक दुई दिनभित्र परिणाम दिनेगरी नतिजा नदिए प्रशानविरुद्ध आन्दोलित हुने सुन व्यवसायीहरुले बताएका छन् । प्रहरीले भने १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । अव सिलिण्डर खरिद गरेको ठाउँबाट अनुसन्धान सुरु गरे पत्ता लाग्न सक्ने आशा रहेको संचालक गहतराजको भनाई रहेको छ ।

Share.

Leave A Reply