नसर्ने रोगबाट हुने मृत्युदर वढि, स्वास्थ्यकर्मीहरुका लागि तालिम

0


माया कंडेल
गैंडाकोट । नेपालमा सर्ने रोग भन्दा नसर्ने रोगबाट हुने मृत्युदर वढि रहेको पाईएको छ । नसर्ने रोगका कारण नेपालमा ६६ प्रतिशत व्यक्तिहरुको मृत्यु हुने गरेको हो ।
विजय विकास स्रोत केन्द्रको चेतना सदनमा स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग सम्बन्धि तालिम कार्यक्रममा बोल्दै गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले सबैभन्दा धेरै मुटुको रोगका कारण व्यक्तिहरुको मृत्यु हुने गरेको बताउनुभयो । उहाँले नसर्ने रोगमध्ये मुटुरोगबाट ३० प्रतिशत, क्यान्सरबाट ९ प्रतिशत, श्वासप्रश्वासबाट १० प्रतिशत र मधुमेहबाट ४ प्रतिशतको मृत्यु हुने गरेको बताउनुभयो ।
मध्यबिन्दु जिल्ला अस्पतालका डाक्टर सविता लम्सालले नसर्ने रोगबाट बच्न खानपान र व्यवहारमा ध्यान दिने, दैनीक व्यायाम गर्ने, धुमपान र मद्यपान गर्न नहुने बताउनुभयो ।
४ दिनसम्म सञ्चालित तालिमको मुख्य प्रशिक्षकमा गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेल, मध्यबिन्दु जिल्ला अस्पतालका डाक्टर सविता लम्साल, रकुवा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर आरमान मिया रहनुभएको थियो ।
नवलपुरका स्थानीय तहमा स्वास्थ्य संस्थामा कार्यरत अनमी, एचए, सिअहेव सिअनमी लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिका, बौदीकाली गाउँपालिका, देवचुली नगरपालिका, मध्यबिन्दु नगरपालिका, मध्यबिन्दु जिल्ला अस्पतालका २५ जना स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको कार्यक्रमका फोकल पर्सन, जिल्ला स्वास्थ्य कार्यालयका ल्याब असिस्टेन्ट राम सिहासन कुशवाहले बताउनुभयो ।


तालिम गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय, स्वास्थ्य कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वले आयोजना गरेको हो । नसर्ने रोग सम्बन्धि तालिम पेन कार्यक्रम देशका ३० वटा जिल्लामा सञ्चालनमा रहेको र २०७७ सालसम्ममा ७७ वटा नै जिल्लामा पु¥याउने लक्ष्य सरकारको रहेको स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईको भनाई छ । कार्यक्रम स्वास्थ्य कार्यालयका प्रमुख केशवप्रसाद चापागाईको अध्यक्षतामा भएको थियो । कार्यक्रममा ल्याब टेक्नीसीयन डिल्लीराम तिवारीको प्राविधीक सहयोग रहेको थियो ।
अबको केहि समयमा नवलपुरका ४ वटा स्थानीय तहमा मानसिक स्वास्थ्य कार्यक्रम गरिने जनाईएको छ ।

Share.

Leave A Reply