सुन चोरको प्रहरीलाई ठाडो चुनौति, खुला ठाउँमा चोरिएको लकर दिउसै फोरेको स्थानीयको भनाई, व्यवसायी आक्रोशित

0

डोलराज रानाभाट, गैडाकोट, २६ फागुन । गत फागुन १८ गते गैडाकोट ४ काँग्रेस चोकमा रहेको मोनिका सुन चाँदी पसलबाट चोरिएको लकर गैडाकोट ५ टोलटोलमा फोरेको अवस्थामा फेला परेको छ । टोलटोलेको तल नारायणी नदि किनारमा काँसले पुरेर राखेको अवस्थामा फुटाएर सामान चोरी सकेर लगेको अवस्थामा लकर फेला परेको हो । आज विहान फेला परेको लकर हिजो दिउसै ३ जनाको समूहले फोरेको स्थानीयले बताएका छन् । ९ दिनको दिन रित्तो लकर भेटिएपछि पसलका संचालक देखि सुन व्यवसायीहरु आक्रोशित हुँदै प्रशासनको अनुसन्धान फितलो भएको पसलका संचालन उमेश गहतराजले बताउनुभयो । प्रहरी प्रशासनलाई विश्वास गर्दा सवै सामान चोरी भएको उहाँको भनाई छ ।

पटक पटक आग्रह गर्दा अनुसन्धान हुँदै छ भन्नुभयो, तर आज खुल्ला ठाउँमा लकर फोरेर सामान लगिसकेको अवस्थामा फेला पर्यो, यो प्रहरीलाई ठाडो चुनौति दिँदा पनि किन अनुसन्धान फितलो भयो ? उहाँको प्रश्न छ ।

यसअघि इलाका प्रहरी कार्यालय गैडाकोटले प्रदेशबाट पनि टिम मगाएर अनुसन्धान गरेको र सीसीटिभी फुटेजको गम्भीर अनुसन्धान भइरहेको बताएको थियो । तर चोरले भने प्रहरी प्रशासनलाई नै चुनौती दिँदै दिउसै खुल्ला ठाउँमा लकर फोरेर सामान लगेका छन् । अझै चोरी गर्नेको नजिक प्रहरी पुग्न सकेको छैन । अमृत संदाशंकरका अनुसार सीसीटिभि फुटेजमा सामान्य चप्पल लगाएर चोरी गरेको देखिएको छ, प्रहरीले ठूलो अनुसन्धान भन्दै हिड्न जरुरी थिएन किनकी त्यो स्थानीय नै हो तर प्रहरी चुकेको चुक्यै भयो उहाँले भन्नुभयो ।


१२ घण्टाभित्र चोर पत्ता नलगाए कडा आन्दोलन गर्ने सुनचाँदी व्यवसायी संघ गैडाकोटका अध्यक्ष लक्षमण सेन्चुरीले चेतावनी दिनुभएको छ । अव सिधै खुकुरी देखाएर सुन पसल चोरी गर्ने वातावरण वन्यो उहाँले भन्नुभयो, न अनुसन्धान प्रभावकारी भयो न चोर पत्ता लगायो प्रहरीले । अव आन्दोलनमा जानुको विकल्प नभएको र गहतराजलाई राज्यले क्षतीपूर्ति दिनुपर्ने उहाँले बताउनुभयो ।
चोरी भएकै दिन टोलटोलेमा ठेला फेला परेको र आज सोही स्थानको केही तल फोरेको अवस्थामा लकर फेला परेपछि जनप्रतिनि र स्थानीय पनि हैरान भएका छन् ।

यता इलाका प्रहरी कार्यालय गैडाकोटका प्रमुख चन्द्र वहादुर थापाले भने शंकाष्पद ५ जनालाई नियन्त्रण लिएर थप अनुसन्धान गरेको र १२ घण्टा अगावै वा त्यसपछि पनि परिणाम दिने गरी काम गरिरहेको बताउनुभयो ।

गैडाकोट ४ काँग्रेस चोकको सुन पसलमा चोरी, करिव ८० तोला सुन सहित नगद चोरी

Share.

Leave A Reply