होलीको दिन विहानै दुखद खवर : मुग्लिन नारायणगढ सडक खण्डमा दुर्घटना

0

डोलराज रानाभाट, गैडाकोट,२६ फागुन । आज विहान भरतपुर २९ मुग्लिन नारायणगढ सडक खण्डको सिमलतालमा यात्रुवाहक वस ट्रकसँग ठोक्कीदा ११ जना घाइते भएका छन् । बिग्रेर रोकी राखेको ना ५ ख ९६२२ नम्बरको ट्रकलाई कटारीबाट काठमाण्डौ तर्फ जांदै गरेको ना ६ ख १५९२ नम्बरको बसले पछाडीबाट ठक्कर दिंदा बसमा सवार चालक सहित १० र ट्रक चालक १ गरी ११ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएपी एकनारायण कोइरालाले जानकारी दिनुभयो । मध्यम अवस्था रहेको घाइतेहरुको भरतपुरमा रहेको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार चलिरहेको छ ।

नयां मेडिकल कलेज भरतपुरमा उपचार भई रहेका घाईतेहरु ः

१.ट्रक चालक जिल्ला धादिङ गल्छी ७ बस्ने बर्ष २६ को भिजन थिङ, सामान्य ।
२.बसमा सवार जिल्ला उदयपुर ताप्ले गा.पा.२ बस्ने बर्ष १९ की टिका श्रेष्ठ, सामान्य ।
३.जि. काठमाण्डौ चन्द्रागिरी न.पा. ५ बस्ने बर्ष ३० को ज्ञानदास महर्जन, मध्यम ।
४.जि.काठमाण्डौ चन्द्रागिरी न.पा. ५ बस्ने बर्ष ३२ की डोल्मा तामाङ, मध्यम ।
५.जि. उदयपुर ताप्ले गा.पा. १ घर भई हाल श्री नं. १ बिपत ब्यबस्थापन सुन्दरीजल काठमान्डौमा कार्यरत नेपाली सेनाको हवल्दार बर्ष ३४ की दुर्गा राई, मध्यम ।

पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको घाईतेहरुः

१.बस चालक जिल्ला सिराहा धनगडी न.पा.१४ बस्ने बर्ष ३५ को बुद्धीलाल सुनुवार, मध्यम ।
२.जि. सिन्धुली दुधौली न.पा. ७ बस्ने बर्ष १६ को दिपेन्द्र पोख्रेल, सामान्य ।
३.जि. सिन्धिली दुधौली न.पा. ५ बस्ने बर्ष २३ को सुसान बुढाथोकी, सामान्य
४.जि.उदयपुर कटारी न.पा. ३ बस्ने बर्ष ४२ की मनु मगर, मध्यम ।
५. जि.उदयपुर कटारी न.पा. ४ बस्ने बर्ष ३५ की सिता तामाङ, सामान्य ।
६. जि.उदयपुर गडी न.पा.५ बस्ने बर्ष ५० की देवी सुनुवार, सामान्य ।

Share.

Leave A Reply