चर्चित दन्त चिकित्सक एवम महिला अधिकारकर्मी डा. खरेलको निधन

0

२६ फागुन । आफूलाई रोग लागेपनि अन्य विरामीको सेवामा निरन्तर खट्ने चितवनकी चर्चित दन्त चिकित्सक डा बीएम खरेल लामिछानेको गएराति निधन भएको छ । महिलाहरुको प्रेरणा वन्न सफल डा खरेलमा पेटको क्यान्सर रहेको थियो । महिला अधिकारकर्मी एवं सामाजिक अगुवा समेत रहनु भएकी उहाँ अन्तिम समय सम्म पनि विरामीको सेवामा निरन्तर लागिरहनुभयो । उहाँको उपचारको क्रममा गए राती पुरानो मेडिकल कलेज भरतपुरमा निधन भएको हो । एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टर प्रा.लि. भरतपुरको संस्थापक एवम् प्रवन्ध निर्देशक समेत रहनुभएकी डा. खरेलको परिवारमा श्रीमान डा. प्रमोद लामिछाने र पाँच बर्षका छोरा प्रतिक लामिछाने रहनुभएको छ । आफूलाई क्यान्सर रोग भएपनि अन्तिम समयसम्म उहाँ विरामीको उपचारमा लागिरहनुभयो । स्वर्गीय डा. खरेल को पार्थिव शरीर आज बिहान ८ देखि १० बजेसम्म श्रद्धाञ्जलीका लागि एलाइभ हस्पिटल भरतपुरमा राखिने र त्यसपश्चात देवघाटधाममा अन्त्येष्टि गरिने जनाइएको छ ।

Share.

Leave A Reply