विजय एफएमको होली उत्सव स्थगित

0

२६ फागुन । रंङहरुको पर्व होली आज र भोलि देशभर मनाइदैछ । तर यस वर्ष कोरोनाको संक्रमण हुन सक्ने भन्दै प्रशासनहरुको विशेष आह्वान सँगै भीडमा रहेर कार्यक्रम उत्सव नगर्न गरिएको आग्रहलाई ध्यानमा राखेर विजय एफएमद्धारा आयोजना गर्ने भनिएको होली उत्सव विशेष कार्यक्रम स्थगित भएको छ ।

एक आपसमा रंङ लगाई होली पर्वको संरक्षणसँगै स्थानीयसँग रमाउने विजय एफएमको वर्षेनी कार्यक्रम यस पटक कोरोनाको संक्रमण हुने सन्त्रास भइरहेको वेला स्थगित गरिएको हो ।

घैँटो फुटाई सहित विशेष कार्यक्रमको आयोजना गर्दै मनाउने तयारी भएपनि जिल्ला प्रशासन कार्यालय नवलपुरले विशेष सूचना जारी गर्दै भिडभाड हुने कार्यक्रम, उत्सव, मेला नगर्न सूचना निकालेर आह्वान गरेपछि कार्यक्रम स्थगित भएको हो । संक्रमण हुन नदिन उच्च सतर्कता अपनाएको प्रशासनले परिवारका केही सदस्यमा सीमित रहेर एक आपसमा रंङ दलेर होली मनाउन आग्रह सहित समूहमा रहि भीडमा कुनै पनि कार्यक्रम नगर्न आग्रह गरेको छ ।

Share.

Leave A Reply