आज फागु पूर्णिमा पहाडमा होली मनाइदै, तराईमा भोलि

0

डोलराज रानाभाट, २६ फागुन । नेपालको मौलिक पर्व फागु पूर्णिमा आज मनाइदैछ । दुई दिन मनाईने यो पर्व आज पहाडमा रौनकता वढ्दैछ भने भोलि तराइमा मनाइनेछ । आज सरकारले सार्वजनिक विदा दिएको छ । रङ हरुको पर्व होलीमा एकआपसमा सद्भाव, भातृत्व र मेलमिलापको सम्बन्धलाई बलियो बनाउँदै रङ लगाउने गरिन्छ ।

विविधतायुक्त नेपाली समाजलाई एकतामाबाँध्दै समाजिक सम्बन्धलाई बलियो बनाउन होली पर्वको विशेष महत्व रहेको छ । तर पछिल्लो समय व्यक्तिको चाहाना विपरित रङ दल्ने लोला हान्ने प्रवृत्ती वढ्दै गएपछि प्रशासनले हरेक वर्ष जस्तै सूचना जारी गरेर सभ्य भई होली मनाउन आग्रह गर्ने गरेको छ । यस वर्ष कोरोना भाइरसको प्रभाव विश्वव्यापीरूपमा बढ्दै गएकाले पनि फागु पर्वमा पानी र रङ प्रयोग नगर्न प्रशासनले आह्वान गरेको छ ।

नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो । विशेष गरी युवतीलाई लोलामा पानी भरेर एक हप्ताअघिदेखि नै छ्यापेर मनोवैज्ञानिकरूपमा बाहिर निस्कन नसक्ने वातावरण बनाइन्थ्यो । यस वर्ष फागु पर्वको अघिल्लो दिन पनि सहजरूपमा हिँडडुल गर्न सकेको स्थानीयको भनाई छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ ।

त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।यसैगरी द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । निजलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । होलीपर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका समस्त दिदी बहिनी तथा दाजु भाइहरुमा सुख,शान्ति,समृद्धि र सुस्वास्थ्यको विजय एफएमको हार्दिक शुभकामना ।

Share.

Leave A Reply