विकूका सेवा अब प्रगतिनगर सेवा केन्द्रबाट

0


प्रेम क्षेत्री
गैंडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आईतबारदेखी देवचुली नगरपालिका १५ मा सेवा केन्द्रको शुभारम्भ गरेको छ ।

देवचुली १५ धौलागिरी चोकमा प्रगतिनगर सेवा केन्द्रबाट सेवा शुभारम्भ गरेको हो । १४ औं सेवा केन्द्रका रुपमा प्रगतिनगर सेवा केन्द्रबाट सेवा शुभारम्भ गरिएको विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष ओमप्रसाद सापकोटाले जानकारी दिनुभयो । विकू सहकारीमाफर्त वित्तीय र गैरवित्तीय सेवा प्रदान गर्दै आएको उहाँले बताउनुभयो । प्रतिवद्धता, लगनशिलता, निरन्तरता, पारदर्शीताका साथ सदस्यमैत्री कार्यक्रमहरु सञ्चालन गरिरहेको अध्यक्ष सापकोटाले बताउनुभयो । संस्थागत विकासका लागि नीति, विधी र प्रविधीका साथ अघि वढिरहेको उहाँको भनाई छ ।
विकूले नवलपरासी (वर्दघाट सुस्तापूर्व), नवलपरासी (वर्दघाट सुस्तापश्चिम) र चितवन गरि ३ जिल्लामा कार्यक्षेत्र विस्तार गरि सेवा प्रदान गर्दै आईरहेको संस्थाका सचिव प्रेमप्रसाद सापकोटा राजुले जानकारी दिनुभयो । यी क्षेत्रमा १९ वटा सेवा केन्द्रमार्फत सहकारीका कार्यक्रम अघि वढिरहेको उहाँको भनाई छ ।
प्रगतिनगर सेवा केन्द्र शुभारम्भ भएकोमा खुसी व्यक्त गर्दै देवचुली १५ का वडाअध्यक्ष हरिभक्त भट्टराईले यस क्षेत्रका सदस्यहरुलाई आर्थिक रुपमा सबल बन्ने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले विपन्न परिवारको आर्थिक जीवनस्तर मजबुत बन्ने खालका वित्तीय साक्षरता सहितको कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो ।
देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशम सापकोटाले विकू सहकारीमाफर्त यहाँका वासिन्दालाई आर्थिक कारोबारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
विकूमा हाल ५ अर्बको कुल पुँजी, ५० करोड सेयरपुँजी र ७० हजार सेयर सदस्य रहेको विकूका प्रमुख अधिकृत माधवप्रसाद पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा जिल्ला सहकारी संघका अध्यक्ष केशवप्रसाद सापकोटा, जिल्ला बचत तथा ऋण सहकारी संघका जिल्ला अध्यक्ष माधवप्रसाद गौतम, उपाध्यक्ष होमनाथ जैशी लगायत विकूका सञ्चालक, विभिन्न सेवा केन्द्रका संयोजक, सेयर सदस्य लगायतको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply