नारायणीमा रजाइँ, पानीको बहाव नै परिवर्तन हुनेगरि नदीजन्य पर्दाथ दोहन

0


प्रेम क्षेत्री
फागुन २४, गैंडाकोट । पानीको बहाव नै परिवर्तन हुनेगरि नारायणी नदीबाट अबैध रुपमा नदीजन्य पर्दाथ ढु∙ा, गिटी र बालुवा निकालिएको छ । नारायणी नदीबाट निकालिएको नदिजन्य पदार्थको प्रत्यक्ष असर मानव वस्तिमा पर्ने भएको छ ।
गैंडाकोट नगरपालिका वडा नम्बर ९ र भरतपुर महानगरपालिका वडा नम्बर १६ मा पर्ने नारायणी नदीको पानी भित्रबाट नदिजन्य पर्दाथ ढु∙ा, गिटी र बालुवा निकालिएको हो । ३ दर्जन वढि ट्रक, ट्रयाक्टर र स्काभेटरको प्रयोग गरि नदिजन्य पर्दाथ ढु∙ा, गिटी र बालुवा निकालिएको हो । यसको प्रत्यक्ष असर गैंडाकोट १० मा पर्ने देखिएको छ । गैंडाकोट ९ सँग जोडिएको चितवनतर्फबाट नारायणी नदीको पानी भित्रबाट ढु∙ा, गिटी र बालुवा निकालिएको हो ।

सो स्थान भरतपुर महानगरपालिका वडा नम्बर १६ मा पर्ने भएपनि सिमाना जोडिएको गैंडाकोट नगरपालिकासँग कुनै समन्वय गरिएको छैन् । यस विषयमा तत्काल बुझ्ने गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले बताउनुभयो । मानववस्तिलाई प्रत्यक्ष असर पर्ने गरि कुनैपनि गतिविधी गर्न नहुने बताउँदै उहाँले यस विषयमा आवश्यक पहल गर्ने बताउनुभयो । गैंडाकोट नगर उप प्रमुख एवम् अनुगमन समिति संयोजक विष्णुकुमारी कंडेलले सो स्थलको गैंडाकोट तर्फबाट अनुगमन समेत गर्नुभएको छ । उहाँले यसले वर्षायाममा गैंडाकोटतर्फ असर गर्नसक्ने जनाउँदै सिमानामा हुने क्रियाकलाप समन्वय गरेर मात्रै गर्नुपर्ने बताउनुभयो । यस विषयमा थप बुझेर रोकथाम गर्ने उहाँको भनाई छ ।


भरतपुर १६ का वडा अध्यक्ष अमृतराज हमालले महानगरपालिका र प्रदेशले समन्वय गरि टेण्डर अह्वान गरेपनि वडासँग समन्वय हुन नसकेको बताउनुभयो । यसअघि पनि पटक–पटक यस विषयमा विभिन्न गुनासो आईरहेको उहाँको भनाई छ । सिमित यरियाबाट निष्कासन गर्ने भनिएपनि तोकिएको स्थानबाट ननिकाल्दा यस्ता समस्या आउने गरेको हमालले बताउनुभयो ।
प्रदेश सरकारले बनाएको नदीजन्य पदार्थ संकलन र उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको कार्यविधि २०७५ मा उत्खनन् तथा संकलन विधिमा नदीबाट उत्खनन् गर्दा वातावरणीय अध्ययन प्रतिवेदन र प्राविधिक प्रतिवेदनमा तोकिएको गहिराईसम्म मात्र तह मिलाई खाडल नदेखिने गरि उत्खनन् गनुपर्ने छ भनिएपनि सो अनुरुप हुन सकेको छैन । संकलन र उत्खनन् गर्दा नदीको पानीको बहाव क्षेत्र परिवर्तन गर्ने गरी उत्खनन् गर्न नपाईने उल्लेख छ । सो कार्यविधि विपरित निष्काशन भईरहेको गैंडाकोटका जनप्रतिनिधी राजेन्द्र उपाध्यायको भनाई छ । प्राकृतिक सम्पदा बिग्रनेगरी मध्यवर्ती क्षेत्र नजिक पर्ने यसखालको रजाइँ बन्द हुनुपर्ने बताउनुभयो ।

 

Share.

Leave A Reply