भेटिए गैंडाकोट ६ का दुई बालक, भरतपुरको पि टु सी टु मा रहेको जानकारी

0

फागुन २३, गैंडाकोट । आज विहान हराएका गैंडाकोट ६ का दुई बालक भरतपुर स्थित पिटु सिटुमा फेला परेका छन्। गैंडाकोट ६ पानीट्याङकी नजिकै घरमा बिहान ९ बजे खाना खाएर घर बाहिर गएका उनीहरु अवेर सम्म सम्पर्कमा नआएपछि परिवारजन खोजिका लागि विजय एफएम आइपुगेको थियो । यहाँ खवर बनाएपछि इलाका प्रहरी कार्यालय गैडाकोट गएको परिवारले बालक भेटिएको खवर पाएका थिए ४ बर्षीय सुमित गुरुङ र १२ बर्षका सुपन गुरुङ परिवारको सम्पर्कमा आएको र भोलि पारिवारीक कागजात लिएर हस्तान्तरण गर्ने संस्थाले जनाएको छ ।

Share.

Leave A Reply