नवलपुरमा दादुरा रुबेला खोप अभियान दुई चरणमा,पहिलो चैत्र ३ देखि

0

डोलराज रानाभाट, २३ फागुन । सन् २०२३ सम्म दादुरा रुबेला रोग निवारण गर्ने लक्ष्य अनुसार नवलपुरमा पनि दादुरा रुबेला खोप अभियान २०७६÷०७७ दुई चरणमा गरिने भएको छ ।

पहिलो चरण चैत्र ३ गतेदेखि सुरु गरि ११ गतेसम्म संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशव चापागाईले जानकारी दिनुभयो । उक्त मितिमा देवचुली नगरपालिका, कावासोती, मध्यविन्दु, विनयी त्रिवेणी गाउँपालिका र हुप्सेकोट गाउँपालिकामा अभियान संचालन गरिने उहाँले बताउनुभयो ।

दोस्रो चरण चैत्र १६ गतेदेखि २४ सम्म संचालन गर्ने चापागाईको भनाई छ । दोस्रो चरणमा गैँडाकोट नगरपालिका, बुलिङटार गाउँपालिका र बौदीकाली गाउँपालिकामा संचालन गरिनेछ । अहिले तयारी भइरहेको र जिल्लाभर ३७९ खोप केन्द्रबाट ९७ जना खोप कार्यकर्ताले सेवा दिनेछन् । ७५८ स्वयम सेवक खटाइने उक्त अभियानमा जिल्लाभरका २८ हजार ८ सय ४३ जना वालवालिकालाई उक्त खोप लगाइने छ । ९ महिनादेखि ५ वर्ष मुनिका वालवालिकालाई लगाइने उक्त खोप हरेक वडाको औषत ४ ठाउँमा केन्द्र राखेर तालिम प्राप्त खोपकर्ताहरुबाट सेवा प्रदान गरिनेछ ।

गैडाकोट नगरपालिकामा  चैत्र १६ देखि २४ गतेसम्म अभियान संचालन हुनेछ । १८ वटै वडागरी ५५ ठाउँमा केन्द्र स्थापन गरी खोप लगाइने भएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले संचार माध्यम र पत्रकारबाट गर्नुपर्ने प्रचारप्रसारका साथै जनचेतनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने र अभियान सफल पार्न सहयोग गर्ने बताउनुभयो ।

Share.

Leave A Reply