गैंडाकोट ६ का दुई बालक बिहान देखी हराए, खोजिदिन परिवारको आग्रह

0


माया कंडेल
फागुन २३, गैंडाकोट ।
गैंडाकोट ६ का दुई बालक बिहान देखी हराएको परिवारले जनाएको छ । गैंडाकोट ६ पानीट्याङकी नजिकै घरमा बिहान ९ बजे खाना खाएर घर बाहिर गएका तर अहिलेसम्म केहि खबर नपाएको आमा सुकमाया गुरुङले जानकारी दिनुभयो । ४ बर्षीय सुमित गुरुङ र १२ बर्षका सुपन गुरुङ अहिलेसम्म पनि परिवारको सम्पर्कमा नआएको आमा गुरुङले बताउनुभयो । उहाहरुले निलो टिसर्ट र हाफ पेन्ट लगाएको समेत उहाले जानकारी दिनुभयो । १२ बर्षका सुपन गुरुङ मानसिक समस्या रहेको बताउदै देख्नुहुने व्यक्तिले नजिकको प्रहरी कार्यालय, विजय एफएम वा परिवारलाई जानकारी दिन पनि आग्रह गर्नुभएको छ । देख्नुहुने व्यक्तिले ९८१४२२२८५३ मा सम्पर्क गर्न पनि परिवारले आग्रह गरेको छ । परिवारले बिहानदेखी नै खोजी कार्य गरेको छ भने ईलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जानकारी गराईसकिएको परिवारले विजय एफएमलाई जानकारी दिएको छ ।

Share.

Leave A Reply