अन्तर्राष्ट्रिय महिला दिवसमा महिला संञ्जाल गैडाकोट ४ को फरक अभ्यास

0

तस्विर ः डोलराज रानाभाट

पवित्रा पराजुली, गैडाकोट,२३ फागुन । ‘समानताको पुस्ता, अन्त्य गरौँ हिँसा विभेद र असमानता’ भन्ने मुला नारा सहित ११० औँ अन्तराष्ट्रिय महिला दिवस महिला संञ्जाल गैडाकोट ४ ले फरक अभ्यासबाट मनाएको छ ।

सधैँ भाषणमा मात्रै सीमित गरेर मनाइने दिवस यस पटक खेलकुद तथा मनोरञ्जन कार्यक्रमको आयोजना गरी मनाइएको हो ।


प्रतियोगिता अन्तगर्त ३० देखि ४० वर्षका महिलाहरु मध्ये ५ सय मिटर दौडमा यम कुमारी महतो प्रथम, मिरा श्रेष्ठ द्धितीय र जानुका न्यौपाने तृतीय हुँदै मेडल प्राप्त गर्नुभएको संजालकी सचिव शोभा सुवेदी घिमिरेले जानकारी दिनुभयो । त्यस्तै ४० वर्ष माथिको दौडमा पार्वती काप्रि प्रथम, पमु नेपाल द्धितीय र सन्तु सापकोटा तृतीय हुँदै शिल्ड प्राप्त गर्नुभयो भने ६७ वर्षिय खिमकला भण्डारी र ६२ वर्षिय डिल कुमारी कडेल सान्तवता हुनुभएको सचिव घिमिरेले बताउनुभयो । उता तातो आलुमा पुजा ठकुरी ,म्युजिकल चियरमा पुजा कडेँल आचार्य र घौटो फुटाईमा ढाका सुवेदी प्रथम हुदै शिल्ड प्राप्त गर्नुभएको थियो ।


महिलाहरु कमजोर हुन्छन् र पुरुष सरह हुँदैनन् भन्ने सोचलाई अन्त्य गर्न दौड प्रतियोगिता राखेर दिवस मनाइएको संजालकी अध्यक्ष शान्ता भुजेलले बताउनुभयो । करिव सय वढि महिलाहरुको उपस्थिती रहेको कार्यक्रममा देखिएको उत्साह र सहभागीताले आफूलाई धेरै खुशी बनाएको बताउँदै गैडाकोट ४ का महिलाहरुको क्षमता विकासका लागि संजाल सदैव अग्रसर रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्यपालिका सदस्य संगिता घिमिरे पण्डितले कोरोना कारण भीडभाड नगर्न सूचना जारी भइसक्दा दिवस चाँडै मनाएको र भाषण भन्दा खेलकुद प्रतियोगिताले शारिरीक सँगै आत्मीयता वढाउने र एकताको सन्देश दिने गरी फरक तरिकाले कार्यक्रम गरेको बताउनुभयो । अवको नेतृत्व महिलाले गर्नुपर्ने र त्यसका लागि महिला एकता आवश्यक रहेको उहाँको भनाई थियो । अव कानुन र अधिकारका लागि लामो समय लडेर प्राप्त उपलब्धी लिपिवद्ध गरेको तर त्यसको कार्यान्वयन गर्न सरकार उदासीन देखिएका कारण पनि अव महिलाहरु एकजुट हुँदै नेतृत्व सम्हाल्नुपर्नेमा उहाँको जोड थियो । कार्यक्रममा गैँडाकोट ४ की सन्तु सापकोटाले महिलाले अन्याय सहन नहुने र समस्या लाई खुलेर व्यक्तगर्नु पर्नेमा जोड दिँदै कविता प्रस्तुत गर्दा माहोल निकै तातेको थियो ।
सावित्री कंडेलले महिला पनि सामाजिक काममा सहभागीता हुन आवश्यक रहेको बताउदैँ र घर भित्र सीमित रही आफनो पहिचान गुमाउन नहुनेमा जोड दिनुभयो ।

त्यस्तै भगवती तिवारीले महिलाको क्षमता देखाउने कार्यक्रम समय समयमा संञ्चालन गर्न आवश्यक रहेको र त्यसको पहल महिला संजालले सुरु गरेको बताउनुभयो । चन्डिका मन्दिरका अध्यक्ष टाका सुवेदीले राज्यले महिलाको निम्ति धेरै अधिकार दिएको तर त्यसको सहि तरिकाले प्रयोग गर्न नसकेको कारण पछि परिरहेको बताउनुभयो । नारी कल्याण पैरवी मञ्चका अध्यक्ष लक्ष्मि भट्टराईले समाज परिर्वतनका लागी आफु परिर्वतन हुन आवश्यक रहेकोमा जोड दिँदै नारी सक्षम भए हरेक ठाउमा अवसर रहेको बताउनुभयो ।

महिला संञ्जालकी अध्यक्ष शान्ता भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव शोभा सुवेदी घिमिरले संचालन गर्नुभएको थियो । सहआयोजक गैडाकोट नगरपालिका वडा नम्वर ४ रहेको थियो । कार्यक्रमवारे प्रतिक्रिया दिँदै वडा अध्यक्ष कृष्ण न्यौपानेले महिलाहरुको चाहान अनुसार वडाले कार्यक्रम ल्याउने र उहाँहरुको क्षमतालाई पनि प्रदर्शन गर्न कार्यक्रम गरिएको बताउनुभयो ।

Share.

Leave A Reply