गैडाकोटमा जारी तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोगिताको फाइनल भोलि

0

डोलराज रानाभाट, गैंडाकोट, २२ फागुन । गैंडाकोटमा हिजो फागुन २१ गतेदेखी सुरु भएको अन्तर विद्यालय स्तरिय तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोगितामा आज १० खेल सम्पन्न भएको छ ।

१० खेलबाट रत्नराज्य मावि र जनता मावि फाइनलमा प्रवेश गर्न सफल भएका छन् । उनीहरुले भोलि प्रथम र दोस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् भने भोलि विहान ८ बजे नै तेस्रो स्थानका लागि गैडाकोट नमुना आवसीय मावि र कन्टीनेन्टल इग्लिस वोर्डिङ स्कुलवीच प्रतिस्पर्धा हुने गैडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । भोलिनै पुरस्कार वितरण पनि गरिने उहाँले जानकारी दिनुभयो । अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर गैंडाकोट नगरपालिकाको आयोजना तथा गैंडाकोट खेलकुद समिति र गैंडाकोट महिला फुटबल क्लबको संयोजनमा प्रतियोगिता संचालन भएको हो ।

गैंडाकोट नगरक्षेत्रका २२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको कार्कीले जानकारी दिनुभयो । भोलि समापन गरिने प्रतियोगितामा प्रथम हुनेलाई प्रति विद्यार्थी २ हजार , द्धितीय हुनेलाई प्रति विद्यार्थी १ हजार ५ सय र तृतीय हुनेलाई प्रति विद्यार्थी १ हजार नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

Share.

Leave A Reply