ओहोदाको प्रमाणपत्र प्रस्तुत

0

काठमाडौँ, २२ फागुन) ःराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष तीन देशका राजदूतहरूले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि गणतन्त्र भारतका आवासीय राजदूत विनयमोहन क्वात्रा तथा गणतन्त्र सिसेल्स र मेक्सिकोका गैरआवासीय राजदूतद्वय टमस सेल्वि पिल्ले र फेडेरिको सालास लोट्फीले राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो ।

त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी तथा राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । ––– (रासस

Share.

Leave A Reply