व्यक्तिगत सफाईमा ध्यान दिन जलुकेको आग्रह, फाइनलका लागि कण्टिनेण्टलबाट वर्षा पौडेल छनौट ।।

0

गैँडाकोट, २२ फागुन ।
जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनचेतना फैलाउन आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा कण्टिनेण्टल ईंग्लीस बोर्डिङ सेकेण्डरी स्कूलबाट वर्षा पौडेल छनौट हुनुभएको छ । विहिबार सम्पन्न प्रतियोगितामा करुणा पौडेल द्वितीय र तृप्ती अधिकारी तृतीय हुनुभएको छ । कार्यक्रममा शाश्वत पौडेल, सौरभ बस्नेत र विस्मिता सापकोटाले सान्त्वना स्थान हासिल गरेका थिए । जलुके वक्तृत्वकला प्रतियोगिता २०७६ सामुदायिक रेडियो विजय एफएम १०१.६ को समन्वय, गैँडाकोट नगरपालिका वाड नं. १ को सहयोग एवं जलुके खानेपानीको आयोजनामा गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि कण्टिेण्टल ईंग्लीस बोर्डिङ स्कूलका प्रिन्सिपल विनोद शर्माले विद्यार्थीले प्रयोग गर्ने गरेको खानेपानीको शुद्धिकरण पक्रियाका बारेमा जलुकेले जानकारी दिने र विद्यार्थीको व्यक्तित्व विकास हुने उद्देश्यले आयोजना गरेको कार्यक्रम प्रशंसा योग्य रहेको बताउनुभयो ।
जलुके खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले विस्तारै गर्मी बढ्दै गएको हुनाले व्यक्तिगत सफाइमा ध्यान दिन आग्रह गर्नुभएको छ । विद्यार्थीहरुको माध्यमबाट आफ्ना उपभोक्ता माझ सन्देश पुग्ने भन्दै उहाँले मानविय जिवनकालागि पानीको ठूलो भूमिका रहने बताउनुभयो । सुरक्षित खानेपानीको प्रयोग सेवा प्रदायक संस्थाको मात्र नभएर पानीको उपयोग गर्ने उपभोक्ताले पनि शुद्धिकरणका उपयाहरुबारे जानकारी लिनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै जलुके खानेपानी संस्थाका कोषाध्यक्ष पार्वती शर्मा लम्सालले कोरोना भाइरसको सन्त्रासबाट अत्तालिनुपर्ने अवस्था नरहेको बताउनुभयो । यसबाट आत्तिनु भन्दा पनि कसरी बच्न सकिन्छ त्यस विषयमा जानकार हुन आग्रह गर्दै सुरक्षित पानी मात्र पिउन, भिडभाडमा नजान, हात नमिलाउन विद्यार्थीहरुलाई सुझाब दिनुभयो ।
जलुेक खानेपानीका सदस्य खेमप्रसाद गिरिले पनि विद्यार्थीहरुलाई सुरक्षित खानेपानीको प्रयोग गर्न सुझाब प्रदान गर्नुभएको थियो । प्रतियोगिताको निर्णायक मण्डलमा शिक्षक गिता श्रेष्ठ र जलुके खानेपानीका तर्फबाट कमलापति शर्मा रहनुभएको थियो । कार्यक्रममा विशिष्ट अतिथि विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्याय, जलुके खानेपानीका सदस्य पपिसरा गुरुङ, दिलमाया रानाभाट, व्यवस्थापक गंगाराम पौडेल लगायतको उपस्थिति रहेको थियो ।
संस्थाका सचिव विष्णुप्रसाद पंगेनीले सहजीकरण गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो । जलुके वक्तृत्वकला प्रतियोगिताको फाइनल चैत्र २ गते तय भएको थियो । अचानक कोरोना भाइरसको सन्त्रासका कारण विद्यालयको परिक्षा अघि सरेपछि फाइनल हाललाई स्थगित गरिएको छ । फाइन प्रतियोगिताको मिति पछि तय गरि जानकारी दिइने समन्वय संस्था विजय एफएमका स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभएको छ । भोली भने श्रीकृष्णगण्डकी माध्यामिक विद्यालय ढोडेनीमा अन्तिम छनौट चरणको कार्यक्रम हुने छ ।

Share.

Leave A Reply