गैडाकोटका विद्यालयमा वार्षिकोत्सव, सभा समारोह नगर्न निर्देशन (अन्य कहाँ के के नगर्ने विज्ञप्ती सहित)

0

डोलराज रानाभाट, २२ फागुन । गैडाकोट नगरपालिकाको शिक्षा शाखाले विश्वभर फैलिरहेको कोरोना भाइरस कोभिड १९ वारे उच्च सतर्कता अपनाउन विद्यालयहरुलाई निर्देशन गरेको छ । विद्यालय आफैमा भीड भाड र धेरै व्यक्तिहरुवीचको सम्वन्ध रहने भएकाले समयमै सचेत रहन निर्देशन दिइएको हो । शिक्षा शाखाले विद्यालयमा वार्षिकोत्सव, सभा, समारोह नगर्न निर्देशन दिइएको छ । शाखा अधिकृत मोतिप्रसाद रिजालद्धारा हस्ताक्षरीत विज्ञप्ती मार्फत जारी सूचनाबाट विश्वभर कोभिड १९ को संक्रमण वढ्दै जाँदा आवश्यक सतर्कता अपनाउन आग्रह सहित कार्यक्रम नगर्न निर्देशन दिइएको हो ।


कोरोनाभाइरस’को संक्रमण फैलिने आशंकाले सरकारले विद्यालयहरुलाई चैत ५ गतेभित्र वार्षिक परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयको निर्देशनपछि विद्यालयहरु आफ्नो शैक्षिक क्यालेन्डर हेरफेरमा जुटेका छन् ।

यसैविच नवलपुरमा कक्षा ८ को वार्षिक परीक्षा फागुन २८ गते देखि र भरतपुर महानगरपालिकामा चैत्र २ गतेबाट परीक्षा सुरु हुने भएको छ ।

उता प्रशासनको परिपत्र पछि फागुन २३ गते सक्ने भनिएको दोस्रो बुलिङटार महोत्सवको पनि हिजो नै समापन गरिएको छ । यता जिल्ला प्रशासन कार्यालय नवलपुरले हिजो बैठक वसी उच्च सतर्कता अपनाउन आग्रह सहित विभिन्न निर्णयहरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पिताम्वर घिमिरका अनुसार नाकामा हेल्थ डेस्क स्थापना देखि अस्पतालहरुमा आइसोलेसन वार्ड छुट्याउन दिर्नेशन दिइएको छ । त्यस्तै भिड हुने कुनैपनि कार्यक्रम नगर्न निर्देशन दिइएको छ ।

जिल्लामा कुनै पनि सभा समारोह, महोत्सव आदि नगर्न आग्रह गर्दै सचेत रहन आह्वान गरिएको हो ।

उता चितवन प्रशासनले पनि उच्च सतर्कता अपनाउन आग्रह गर्दै सूचना जारी गरी प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

अन्यथा कारवाही हुने चेतावनी सहित होली पर्व सभ्य र सचेत भएर खेल्न आग्रह गरेको छ ।

Share.

Leave A Reply