सकियो दोस्रो बुलिङ्टार महोत्सव, कोरोनावारे परिपत्र पछि २ दिन अगावै समापन

0

मनप्रसाद भाट, २१ फागुन । दोस्रो बुलिङ्टार महोत्सवको आज समापन गरिएको छ । फागुन १५ गतेदेखि सुरु भएको महोत्सवको आज समापन गरिएको हाम्रो वुलिङटार संवाददाता मनप्रसाद भाटले जानकारी दिनुभयो । फागुन २३ गते सम्म महोत्सव हुने भनिएपनि जिल्ला प्रशासन कार्यालय नवलपुरबाट कोरोना संक्रमण हुन सक्ने आशंका गर्दै महोत्सव रोक्न गरिएको पत्र पछि महोत्सवको आज समापन गरिएको हो ।

समापनका प्रमुख अतिथी गाउपालिका अध्यक्ष शशी किरण बस्ताकोटीले महोत्सव सफल भएको बताउँदै यसले ग्रामीण क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको बताउनुभयो । समापनको अन्तिम दिन आज हजारौं संख्यामा दर्शक को उपस्तिथि रहेको र आज कलाकार दुर्गेस थापा को प्रस्तुति रहेकाले पनि दर्शकको संख्यामा वृद्धि भएको महोत्सव आयोजकका सल्लाहकार भबिलाल रानाले जानकारी दिनुयभो ।

Share.

Leave A Reply