अन्तर विद्यालय स्तरिय तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोगिता शुरु,आज ६ खेल सम्पन्न

0

प्रेम क्षेत्री,गैंडाकोट, २१ फागुन । गैंडाकोटमा आजदेखी अन्तर विद्यालय स्तरिय तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोपगता शुरु भएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर गैंडाकोट नगरपालिकाको आयोजना तथा गैंडाकोट खेलकुद समिति र गैंडाकोट महिला फुटबल क्लबको संयोजनमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको हो । कार्यक्रममा बोल्दै उहाँले एक वडा एक खेलमैदान निर्माण गर्ने बताउँदै खेल विकासका लागि नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले महिला पनि फुटबलमा सक्षम छन् भन्ने देखिएको बताउनुभयो । उद्घाटन कार्यक्रममा गैंडाकोटमा प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद आचार्य, जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, जिल्ला फुटबल संघका अध्यक्ष सेतबहादुर पुन, जिल्ला क्रिकेट संघका अध्यक्ष प्रकाश पौडेल, प्याब्सन गैंडाकोटका नगर अध्यक्ष गोपेन्द्रकशरी न्यौपाने, जनप्रतिनिधी, विद्यालयका प्रधानाध्यापक लगायको उपस्थिती रहेको थियो ।


प्रतियोगिता अन्र्तगत आज ६ वटा खेल भएका छन् । आज भएका खेलमा जनता माविले कालिका नमूना मविलाई १–० गोल अन्तरले पराजित गरेको छ । त्यस्तै रत्नराज्य लक्ष्मि माविले नेराश आर्दश माविलाई १–० गोल अन्तरले पराजित गरेको छ । आजै भएको खेलमा श्रीकृष्ण गण्डकी माविले नारायणी माविलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गरेको छ भने जनक नमूना माविले बालविकास बोर्डीङलाई ट्राईबेकार ४–२ गोल अन्तरले पराजित ग¥यो । त्यसैगरि अमरज्योती माविले लक्ष्मी मावीलाई ट्राईबेकरमा ३–१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरि सरस्वती निकेतन बोर्डीङ स्कुलले ज्ञानकुञ्ज बोर्डीङ स्कुललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

गैंडाकोट नगरक्षेत्रका २२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता २३ गतेसम्म सञ्चालन हुने छ ।

Share.

Leave A Reply