कारोनावारे नवलपुर प्रशासनको उच्च सतर्कता, नाकामा डेस्क स्थापना गरिने

0

कावासोती फागुन २१ गते । सम्भाबित कोराना भाईरसको जोखिम न्युनीकरण गर्न पुर्बी नवलपरासीमा उच्च सर्तकता अपनाउने गरि कार्य अगाडि बढाईएको छ । जिल्ला प्रशासन कार्यालय पुर्बी नवलपरासीले जिल्लाको भारत संग सीमा जोडिएको गण्डकमा हेल्प डेस्क स्थापना गर्ने, मध्यबिन्दु जिल्ला अस्पतालमा आज नै सम्भाबित कोराना भाईरसका बिरामी लाई लक्षित गरि आईसोलेशन कक्ष स्थापना गरेको जिल्ला अस्पतालका सुचना अधिकारी छबिराज सुबेदीले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा आज बसेको कोरोना भाईरस को जोखिम नियन्त्रण समितिको बैठकबाट तत्काल आठ बुदें निर्देशन जारी गरि सम्भाबित कोरोना भाईरसको जोखिम न्यूनकिरण गर्न सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको जिल्ला प्र्शासन कार्यालयका सुचना अधिकारी आन्नद भुषालले बताउनुभयो ।
जिल्ला भरि लिईने यस बर्षको कक्षा १ देखि कक्षा नौ सम्म को बार्षिक परिक्षा फागनु २८ गते बाट संचालन गर्ने,सम्भाबित कोरोना भाईरसको संक्रमणका कारण उत्पन्न हुन सक्ने जोखिमबाट बच्न बृहद सभा,समारोह,भेला महोत्सबका कायृक्रम तत्काल रोक्ने र त्यस्ता कार्यक्रम गर्न अनुमति समेत नदिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले बताउनुभयो ।
साथै जिल्ला स्थित स्वास्थ्य संस्थाहरुले बिशेष सर्तकता अपनाई आईसोलेशन कक्ष को ब्यबस्था मिलाउने ,स्थानीय रुपमा सचेतनाका कायृक्रमहरु संचालन गर्ने,जिल्लाका संचार गृहहरुलाई सचेतनामुलक कार्यक्रमहरु प्रकाशन तथा प्रसारण गर्न आग्ह गर्ने,गरि अघि बढने प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
ब्ुाटवल नारायणगढ सडक खण्डको ठेकका लिएको चाईनीज कम्पनीमा कार्यरत चिनियाँ कामदारहरुको बारेमा सचेत हुनु पर्ने र तीन दिन अघि चीनबाट नेपाल आएका १४ मध्ये एक जनालाई आईसोलेशनमा राखी निगरानीमा राखिएको र गैंडाकोटमा चिनियााहरुको सहयोगमा आईसोलेशन कक्ष स्थापना गरि निगरानी बढाइृएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख केशब चापागाँईले बताउनुभयो ।

पुर्बी नवलपरासीमा गण्डक ब्यारेज छेउमा बिनयीत्रिबेणी गाउँपालिकाको सहयोगमा हेल्प डेस्क स्थापना भएको र भारतबाट आउनेहरुको परिक्षण र निगरानी बढाईएको र बिशेष गरि चिनियाँहरु सडक बनाउन पुर्बी नवलपरासीमा बढि रहेका कारण उनीहरुको बढि निगरानी बढाईएको र चिनियाँहरुले आफै पनि नीजि आईसोलेशन कक्ष स्थापना गरि आफना नागरिकको स्वास्थ्य परिक्षणमा ध्यान दिन थालेका चापागाईले बताउनुभयो ।
जिल्लामा कोरोना भाईरसको सम्भाबित जोखिम कम गर्न र सचेतनाका कार्यक्रमहरु संचालन गरि सर्तकता अपनाउन सबै पालिकाहरुले समेत अग्रसरता देखाएका र कार्यक्रमहरु अघि बढेको देबचुली नगरपालिकाका प्रमुख पुर्णकुमार श्रेष्ठले बताउनुभयो ।
बुटवल नारायणगढ सडक खण्डमा काम गर्ने चिनियाँहरु र भारतबाट त्रिबेणी भएर नेपाल आउने हरुलाई अहिले निगरानी बढाई अघि बढेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसै बीच नेपाल पत्रकार महासंघ पुर्बी नवलपरासीले आयोजन ागर्ने होली मिलन कार्यक्रम समेत जिल्ला प्रशासनको आग्रहमा स्थगित गर्ने निर्णय भएको महासंघका जिल्ला सचिब प्रेम प्रसाद न्यौपानेले बताउनुभयो ।

Share.

Leave A Reply