गैडाकोट नगरपालिकाको शंसोधित बजेट ८४ करोड ६८ लाख वहुमतले पारित

0

डोलराज रानाभाट, गैडाकोट,२१ फागुन । गैडाकोट नगरपालिकाको छैठौँ नगर सभाले चालु आर्थिक वर्ष २०७६÷०७७ को शंसोधित ८४ करोड ६८ लाख १८ हजार को बजेट पारित गरेको छ । गैडाकोट रिर्सोटमा आज भएको सभामा संशोधीत बजेट प्रस्तुत गर्दै उप प्रमुख विष्णु कुमारी कडेँलले संघीय सांसदको स्थानीय पूर्वाधार विकास कार्यक्रम अन्तर्गत नगरपालिकामा प्राप्त रकम र नेपाल सरकारका विभिन्न अनुदान रकमले बजेटको अंक वढ्न गएको बताउनुभयो ।

नगर प्रमुख छत्रराज पौडेलको अध्यक्षतामा वसेको सभामा संक्षिप्त प्रतिवेदन पेश गर्दै उप प्रमुख कडेलले चालु आवको माघ मसान्त सम्म वडा स्तरीय ७३ वटा योजना सम्पन्न भएको र ९४ वटा सम्झौता भएका छन् भने नगर स्तरीय ४० वटा योजना सम्पन्न भएको र ३९ वटा सम्झौता भएको बताउनुभयो ।

नगरपालिकाले वार्षिक ६ करोड ७८ लाख राजश्व असुलीको लक्ष्य लिएकोमा माघ मसान्त सम्म २ करोड ८१ लख ६६ हजार संकलन भएको छ । त्यस्तै ४२ करोड ८६ लाख ८७ हजार चालु खर्चमा ३५ दशमलव २६ प्रतिशत अर्थात १५ करोड ११ लाख बजेट खर्चिएको छ भने पुँजीगत तर्फ ३३ करोड ७३ लाख मा ९ करोड ५२ लाख अर्थात २८ दशमलव २४ प्रतिशत खर्च गरेको प्रतिवेदन मार्फत उप प्रमुख कडेँलले जानकारी दिनुभयो ।
नगर प्रमुख छत्रराज पौडेलले शंसोधित बजेट र विनियोजन विद्येयक २०७६ पास गर्न प्रस्ताव गरेपछि अत्यधिक ध्वनी मतले पास भएको थियो ।

Share.

Leave A Reply