अन्तर विद्यालय स्तरिय तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोपगता शुरु

0

प्रेम क्षेत्री
गैंडाकोट, फागुन २१ । गैंडाकोटमा आजदेखी अन्तर विद्यालय स्तरिय तेस्रो छात्रा उप मेयर फुटबल प्रतियोपगता शुरु भएको छ ।

अन्तराष्ट्रिय महिला दिवसको अवसर पारेर गैंडाकोट नगरपालिकाको आयोजना तथा गैंडाकोट खेलकुद समिति र गैंडाकोट महिला फुटबल क्लबको संयोजनमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नुभएको हो । गैंडाकोट नगरपालिकाका नगर उप प्रमुख विष्णुकुमारी कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपुरका अध्यक्ष विकास केसी, जिल्ला फुटबल संघका अध्यक्ष सेतबहादुर पुन, जिल्ला क्रिकेट संघका अध्यक्ष प्रकाश पौडेल, प्याब्सन गैंडाकोटका नगर अध्यक्ष गोपेन्द्रकशरी न्यौपाने, जनप्रतिनिधी, विद्यालयका प्रधानाध्यापक लगायको उपस्थिती रहेको थियो ।

गैंडाकोट नगरक्षेत्रका २२ वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएको गैंडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले जानकारी दिनुभयो । प्रतियोगिता २३ गतेसम्म सञ्चालन हुने छ ।

 

Share.

Leave A Reply