नवलपुरमा माग गरिएको मध्य ५ प्रतिशत मात्रै बजेट विनियोजन,गैडाकोट १४ लाई ६० लाख

0

कावासोती, फागुन २१ । नवलपुर जिल्लामा चालु आर्थिक वर्षका लागि माग गरिएको कूल रकमको ५ प्रतिशत मात्रै बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७६÷०७७ मा विशेष अनुदान मार्फत स्थानीय तहबाट कार्यान्यवन गर्न राष्ट्रिय योजना आयोग सिँहदरवार काठमाण्डौमा योजना सहित माग गरिएको बजेटको कुल रकमको धेरै कम बजेट विनियोजन भएको हो । जिल्लामा आठ वटा स्थानीय तह भएपनि ४ स्थानीय तहका लागि मात्रै बजेट विनियोजन भएको छ । कूल ४४ करोड ५ लाख १३ हजार ८ सय रुपैया अनुदान माग गरिएता पनि राष्ट्रिय योजना आयोगबाट भने जम्मा २ करोड ३५ लाख मात्रै बजेट विनियोजन भएको छ ।

जसमा गैडाकोट नगरपालिकामा गैडाकोट १४ मा रहेको बिजय ज्योति आधारभूत विद्यालयको भवन निर्माणका लागि १ करोड ३३ लाख बजेट माग गरिएकोमा ६० लाख मात्रै विनियोजि भएको छ । उक्त ६० लाखको योजना २ वर्षको अवधि भित्र सक्नुपर्ने छ । वडा अध्यक्ष कोकीसरा राना मगरका अनुसार माग अनुसारको बजेट पाएको भए नयाँ भवन निर्माण गर्ने योजना थियो तर पनि बजेट परेको छ अव निर्माण सकिएको विद्यालयको माथि तल्ला थप्ने गरी काम अघि बढाइने छ । गैडाकोट नगरपालिकामा उक्त योजनालाई मात्रै बजेट परेको हो । त्यो पनि नगरप्रमुख छत्रराज पौडेलको विशेष पहलमा उक्त रकम विनियोजन भएको हो ।

अर्को स्थानीय तह देवचुली नगरपालिकामा भने दुई वटा आयोजनाका लागि बजेट विनियोजन भएको छ । देवुचली १ मा फोहार मैला व्यवस्थापन तथा श्रोत केन्द्र निर्माणका लागि २ करोड बजेट अनुदान माग गरिएपनि ५० लाख मात्रै बजेट आयोगबाट विनियोजित भएको छ । उक्त आयोजनामाको रकम पनि दुई वर्ष भित्र सक्नुपर्ने कार्यवधि तोकिएको छ । त्यस्तै सोही नगरपालिकाको वडा नम्वर २,१३,१५ र १७ वडाका दलित बोटे, माझि मुसहर बस्ती तर्फ सुरक्षित एकीकृत बस्ती विकास अन्तर्गत उक्त बजेट परेको र २ करोड माग भएपनि दुई वर्षभित्र काम सम्पन्न गर्नेगरी ५० लाख मात्रै बजेट विनियोजित भएको छ ।

अर्को कावासोती नगरपालिकामा वडानम्वर ७ स्थित बृहत खानेपानी आयोाजनाका लागि बजेट परेको छ । ३८ करोड २२ लाख १३ हजार ८ सय रुपैया अनुदान माग गरिएपनि जम्मा ५० लाख मात्रै बजेट विनियोजित भएको छ । जसलाई पनि दुई वर्षभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ । र अर्को विनयी त्रिवेणी गाउँपालिकाको ज्यामिरे खानेपानी योजनालाई बजेट परेको छ । ५० लाख माग गरिएको उक्त आयोजनाका लागि दुई वर्ष भित्र काम सम्पन्न गर्ने गरी २५ लाख मात्रै बजेट परेको छ ।

Share.

Leave A Reply