दोस्रो बुलिङ्टार महोत्सवमा ज्योतिको प्रस्तुतीमा दर्शक झुमे, महोत्सवको सभापन भोलि

0

मनप्रसाद भाट, बुलिङ्टार, २० फागुन । कृषि र पर्यटनको समन्वय, समृद्ध र समुन्नत बुलिङटारको उदय भन्ने नाराका साथ फागुन १५ देखि सुरु भएको दोस्रो बुलिङटार महोत्सवमा दर्शकहरुको भीड वढ्दै गएको छ । आजका प्रमुख अतिथी गण्डकी प्रदेशका सांसद एवम नेपाली काँग्रेस नवलपुरका जिल्ला सभापति विष्णु प्रसाद लामिछानेले बुलिङ्टारको समग्र विकासमा आफ्नो ध्यान केन्द्रीत रहेको र बुलिङटार विकासका लागि जिल्ला प्रदेश हुँदै केन्द्रसम्म आफूले विभिन्न पहल गरेको बताउदै महोत्सव सफलताको कामना गर्नुभयो । कार्यक्रममा बोल्दै विशिष्ट अतिथि गण्डकी प्रदेश सांसद ओमकला गौतमले महोत्सवको आयोजना गरि स्थानीय धर्म संस्कृतीको जगेर्ना गर्ने काम राम्रो भएको भन्दै आयोजकलाई धन्यवाद दिनुभयो ।

बुलिङटारको विकासमा आफू सदैव अग्रसर रहेको भन्दै त्यहाँ रहेका विभिन्न जातजातीहरुको संस्कृति संरक्षण देखि स्थानीय पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा महोत्सवले भूमिका खेल्ने बताउनुभयो । कार्यक्रमका अर्का विशिष्ट अतिथि गाउँपालिका अध्यक्ष शसिकिरण वस्ताकोटीले कृषि र पर्यटन विकासमा महोत्सवले सार्थकता पाओस भन्दै समग्र बुलिङटारको विकासमा सवै मिलेर लाग्न आग्रह गर्नुभयो ।

आयोजक बुलिङ भलायटार बिकास समाजका अध्यक्ष दानकाजी बिरकट्टाको अध्यक्षतामा सम्पन्न भएको आजको दिन चर्चित गायिका ज्योति मगरको प्रस्तुतीमा दर्शक झुमेका थिए । महोत्स्वको भोलि समापन गरिने र भोलि नै चर्चित कलाकार दुर्गेश थापा र शान्ती परियारको प्रस्तुती रहने छ । महोत्सवमा १५० वटा स्टल रहेका छन् ।

Share.

Leave A Reply