कर्मचारीसँगको सम्वन्ध विगार्न मनगढन्ते समाचार लेखियो ः उप मेयर कडेँल

0

गैडाकोट, २० फागुन । गैडाकोट नगरपालिकाकी उप मेयर विष्णु कुमारी कडेँलले जनप्रतिनिधि र कर्मचारीवीच फाटो ल्याउन मिडियाले मनगढन्ते समाचार बनाएको भन्दै विज्ञप्ती मार्फत खेद प्रकट गर्नुभएको छ ।

मंगलवार हस्ताक्षरीत विज्ञप्तीमा भनिएको छ, ‘काठमाण्डौँबाट प्रकाशन हुँदै आएको जनआस्था साप्ताहिकको अनलाइन संस्करणमा प्रकाशन भएको पत्रकार अजय गोर्खालीद्वारा लिखित “गैँडाकोट पालिकामा भइरहेको गलफत्ती” शिर्षकको समाचार प्रति मेरो गम्भिर ध्यानाकर्षण भएको छ । कपोकल्पित रुपमा एक पक्षिय ढंगबाट समाचार प्रकाशन भएको प्रति खेद प्रकट गर्दछु ।’ विज्ञप्तीमा भनिएको छ, ‘पत्रकारिताको सामान्य सिद्धान्तहरुलाई समेत आत्मसाथ नगर्दै मनगढन्ते कुरा लेखेर गैँडाकोट नगरपालिका उपप्रमुख र कर्मचारीबीचको समुधुर सम्बन्धलाई खलल पु¥याउने गरी समाचार प्रकाशन गरिएकोमा आपत्ती प्रकट गर्दछु । अनलाईन समाचारमा भएको आफै महिला भएर दुई वर्ष अघि आफैले करारमा नियुक्त गरेकी महिला कार्यालय सहयोगीको जागिर खोस्न उपमेयर विष्णुकुमारी कंडेल अहिले लागिपरेको बुझिन्छ” भन्ने वाक्यांश झुट र कपोकल्पित भएको प्रष्ट पार्दछु’ विज्ञप्तीमा भनिएको छ ।

करारमा कार्यरत कर्मचारीको कार्यसम्पादन र मूल्यांकनको आधारमा कार्यालय प्रशासनले नै निर्णय गर्नेभएको हुँदा त्यस तर्फ आफ्नो कुनै भूमिका नहुने उहाँको प्रष्टोक्ति छ ।’ जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्धमा दरार पैदा गराउने, नगरपालिकाको प्रतिष्ठामा आँच पु¥याउने उद्देश्यले कपोकल्पित रुपमा समाचार प्रकाशन भएको महशुस गरेको बताउँदै यस्ता निन्दनीय समाचार प्रति खेद प्रकट गर्दछु ।’ उपमेयर कडेँलद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

Share.

Leave A Reply