गैडाकोटमा फेरि चोरी, अपाङगता भएका व्यक्तिलाई गरिएको सहयोग रकम चेक चोरले लग्यो

0

हिमा अर्याल, गैडाकोट,२० फागुन । गैडाकोट २ भृकुटिचोकमा रहेको अपाङ्ग जिवन विकास सस्थाको कार्यलयमा गए राति चोरी भएको छ । कार्यालयका अध्यक्ष बालकृष्ण सापकोट सुतिरहेको अवस्थामा रडले ढोका फोरेर कोठा भित्र छिरेको र सामसुड. जे सेभेन र नगद ६० हजार लगेको अध्यक्ष सापकोटाले विजय एफएमलाई जानकारी दिनु भयो ।

अपाङ्गता भएका व्यक्तिलाई सहयोग स्वरुप वर्दिबास बाट हिजो मात्रै आएको सहयोग रकम २५ हजार, कालिका नगरपालिका चितवनले दिएको ५ हजारको चेक र अपागंता भएका व्यक्तिलाई चोरमारा बाट औषधि खरिदका लागि दिएको र अन्य रकम गरि ६० हजार जाकेटको खल्तीमा राखिएको अवस्थामा जाकेट र सट दुवै लगेको सापकोटाले बताउनु भयो ।

किचनमा रहेको खुकुरी टेबलमा राखेको देखिएको, आफुलाई औषधिले बेहोस बनाइ चोरि भएको उहाँको आशकां छ । विहान ३ ः३० मा उठेपछि मोवाइल खोज्ने क्रममा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खवर गरेको सापकोटाले बताउनु भयो । एउटा कोठामा अफिस रहेको र अर्को कोठामा आफु सुत्दै आएको अध्यक्ष सापकोटाले बताउनु भयो ।

चोरले दराज पनि फोरेको छ । खबर पाए लगतै पुगेको इलाका प्रहरी कार्यालय गैडाकोटले ढोका फोर्न प्रयोग गरिएको रड बरामद् गरेको छ । घटनाको अनुसन्धान भइरहेको र चोरको खोजी कार्य तिव्र पारिएको इलाका प्रहरी कार्यालय गैडाकोटका इन्सपेक्टर चन्द्रवहादुर थापाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply