दोस्रो बुलिङ्टार महोत्सवमा भोलि ज्योति मगरको प्रस्तुती रहने

0

मनप्रसाद भाट, बुलिङ्टार,१९ फागुन । कृषि र पर्यटनको समन्वय, समृद्ध र समन्नुत बुलिङटारको उदय भन्ने नाराका साथ फागुन १५ देखि सुरु भएको दोस्रो बुलिङटार महोत्सवमा भोलि चर्चिक गायिका ज्योति मगरको प्रस्तुती रहने छ । आज पाँचौ दिन कलाकार राजेन्द्र नेपाली,रमेश राज भट्टराई,भुमिका गिरिको प्रस्तुती रहेको थियो । उहाँहरुको प्रस्तुतीमा दर्शकहरु रमाएका थिए । कार्यक्रममा गाउँपालिका अध्यक्ष शशिकिरण वस्ताकोटी प्रमुख अतिथी रहनुभएको थियो ।

आफ्नो भनाई राख्दै अध्यक्ष वस्ताकोटीले कृषि र पर्यटन विकासमा महोत्सवले सार्थकता पाओस भन्दै समग्र बुलिङटारको विकासमा सवै मिलेर लाग्न आग्रह गर्नुभयो ।

गाउँको पर्यटन क्षेत्रहरुको सम्भावनालाई उजागर गर्दै स्थानीय उत्पादनलाई बढाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजक बुलिगं भलायटार बिकास समाजका अध्यक्ष दानकाजी बिरकट्टाले जानकारी दिनुभयो । स्थानीय ठाउँमा रहेका पर्यटकीय स्थानको प्रचारप्रसार गर्न र स्थानीय उत्पादनको बजारीकरण गर्न दोश्रो ऐतिहासिक बुलिगंटार महोत्सव २०७६ ले ठूलो सहयोग पुग्ने उहाँको विश्वास छ । २३ गतेसम्म संचालन हुने महोत्सवमा १५० वटा स्टल रहेका छन् । त्यसमा १० वटा कृषि प्रदर्शन र १४० वटा व्यवसायीक स्टल रहेको महोत्सब मुल आयोजक समितिका सल्लाहाकार भबिलाल राना मगरले जानकारी दिनुभयो ।

पूर्बी नवलपरासकिो उत्तरी पहाडी गाउँ बुलिगंटारमा भएका पर्यटकीय ठाउँहरुको पहिचान र स्थानीय कला संस्कृतिको सरंक्षणका साथै त्यहाँ भएका उत्पादनको बजारीकरणका लागि दोश्रो पटक बुलिगंटार महोत्सव २०७६ को आयोजना गरिएको हो ।

महोत्सवका मुख्य आकर्षणहरुमा परापूर्वक कालमा राजाले देह त्याग गरेका ढुङ्गाहरुको अवलोकन,थुप्रै मन्दिरहरुको दर्शन गर्न सकिने,स्थानीय मौलिक भेषभूषा सहितको झाँकीहरु हेर्न सकिने, मगर, दरै ,कुमाल जातिहरुको भेषभुषा र झाँकी तथा मौलिक तथा अर्गानीक परिकार खान सकिने वन तरुल,अदुवा कागती, केरा, अम्रिसो आदिको अवलोकन सहित सुपथ मुल्यमा किनमेल गर्न सकिने,स्थानीय कला संस्कृति झल्कने मौलिक कौरा, पन्चेबाजा, झाम्रे र नाचन सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने सल्लाहाकार रानाले बताउनुभयो ।

विश्वकै महत्वपूर्ण सांस्कृतिक सम्पदा बोकेको शिला पाउने एक मात्रै नदी कालिगण्डकीको किनारमा अवस्थित बुलिगंटार पुग्न पूर्वपश्चिम राजमार्गको दलदलेबाट ४० किलोमिटर र गैडाकोट ढोडेनी हुँदै ४४ किलोमिटर टाढा पर्दछ । बुलिगं भलायटार विकास समाज आयोजक रहेको महोत्सव सफल पार्न बुलिङ्गटार गाउँपालिका मुख्य प्रायोजक रहेको छ ।

Share.

Leave A Reply