जलुके वक्तृत्वका लागि महेन्द्रस्मारकबाट सृष्टि छनौट

0

गैँडाकोट, १९ फागुन । जलुके वक्तृत्वकला प्रतियोगिता २०७६ को फाइनल प्रतिष्पर्धाका लागि सोमबार महेन्द्र स्मारक आधारभूत विद्यालय गैँडाकोट २ मा छनौट कार्यक्रम सम्पन्न भएको छ । मेरो घर सफा घर, जिम्मेवारी मेरै भर विषयक वक्ृत्वकलामा सृष्टि गोले प्रथम भई फाइनल प्रतिष्पर्धाका लागि छनोैट हुनुभएको छ । प्रतिष्पर्धामा अस्मिता नेपाली द्वितीय, स्माइल फ्याउली मगर तीतृय हुनुभएको छ । यसैगरी अर्जुन परियार, सुस्मिता परियार र सन्तोष परियारले सान्त्वना स्थान हासिल गर्नुभएको छ । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना, गँैडाकोट नगरपालिका वाड नं १ को सहयोग र सामुदायिक रेडियो विजय एफएम १०१.६ को समन्वयमा जलुके वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि महेन्द्र स्मारक आधारभूत विद्यालयका प्रधानाध्यापक शिवराज काफ्लेले सुरक्षित खानेपानीका सन्दर्भमा र विद्यार्थीको क्षमता विकासका लागि गरिएको कार्यक्रम समय सापेक्ष रहेको बताउनुभयो ।

कार्यक्रममा संस्थाका सचिव तथा कार्यक्रम संयोजक विष्णुप्रसाद पंगेनीले विद्यार्थीहरुको क्षमता विकासका साथै जलुके खानेपानीले पानीको शुद्धिकरणका पक्रियाका विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो ।कार्यक्रमको निर्णायक मण्डलमा विद्यालयका शिक्षक सम्झना भट्राई र इन्दिरा खनाल घिमिरे रहनुभएको थियो । संस्थाका लेखा समिति सदस्य गुरुप्रसाद सापकोटाले स्वागत एवं कार्यक्रम माथि प्रकाश पार्दै जनचेतना फैलाउने उद्देश्यका साथ विद्यार्थीको वाककलाको विकास गर्ने हेतुले कार्यक्रम गरिएको बताउनुभयो ।कार्यक्रममा कार्यसमिति समिति सदस्य खेमप्रसाद गिरिले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव एकराज सापकोटाले गर्नुभएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो । जलुके वक्तृत्व कला प्रतियोगिताको अर्को छनौट कार्यक्रम भोली बालविकास ईंग्लीस बोर्डिङ स्कूलमा हुने र फाइनल चैत्र २ गते हुने समन्वय संस्था सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply