नेपाल पत्रकार महासंघ नवलपुरद्धारा अनाथ बालबालिकाका लागि खाध्यान्न सहयोग

0

गैडाकोट १८ । नेपाल पत्रकार महासघ नवलपुर शाखाले आइतवार अनाथ बालबालिकाका लागि खाद्यान्न सहयोग गरी प्रथम स्थापना दिवस मनाएको छ । नवलपरासी दुइ जिल्लामा विभाजन भए संगै औपचारीक रुपमा गत वर्ष नेपाल पत्रकार महासघ नवलपरासी पुर्व गठन भएको सम्झनामा आइतवार जिल्लाको मध्यविन्दु नगरपालिका १ मा रहेको शान्ति आधारभुत विद्यालयमा अध्ययनरत २३ जना अनाथ बालबालिकालाई खाद्यान्न तथा नगद हस्तान्तरण गरिएको हो । शान्ति आधारभुत विधालय सेतापानीमा तीन सय ६० जना विद्यार्थी अध्ययनरत रहेकोमा २३ जना अनाथ असहाय विद्यार्थी आवासीय रुपमा अध्ययन गर्दै आइरहेका छन् । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माले कार्यक्रममा बोल्दै पत्रकारले सूचना सम्प्रेषण सँगसँगै सामाजिक उतरदायित्व बहन गर्नु पर्ने बताउदै शाखाको प्रथम स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको थियो ।


कार्यक्रममा नेपाल पत्रकार महासघ नवलपुर शाखा अध्यक्ष होमराज रानाभाटले आर्थिक अभावले विधालयले ति बालबालिकालाइ पालन पोषण गर्न समस्या भइरहेको जानकारी आए पछि केहि राहात स्वरुप खाद्यान्न सहयोग गर्न पाउँदा खुसि व्यतm गर्दै आगामी दिनमा अझै सामाजिक कार्यमा प्रेरित हुने बताउनु भयो ।

विद्यालयका प्र अ दधिराम सापकोटा पत्रकार महासंघ पुर्वी नवलपरासी शाखालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि विद्यालय एवं विद्यार्थीलाई सहयोगको अपेक्षा गर्नु भएको थियो । कार्यक्रममा शान्ति अनाथलय बाल उत्थान सेवा केन्द्रका अध्यक्ष गणेशमान महतो, समाजसेवी काशीराम पाठक, प्रेस संगठन नवलपुरका सदस्य दयाराम आचार्यले मन्त्वय राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ नवलपुरका सचीव प्रेम न्यौपानेले गर्नु भएको थियो । नेपाल पत्रकार महासंघ पुर्वी नवलपरासीका सभापति होमराज रानाभाटको अध्यक्षता एवं नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्माको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रममा जिल्लामा क्रियाशिल पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Share.

Leave A Reply