१५ शैयाको अस्पताल वन्दै गैडाकोटको पितौजी स्वास्थ्य चौकी र वुङ्दीकालिको रकुवा (सूची सहित)

0

डोलराज रानाभाट, गैडाकोट,१८ फागुन । गैडाकोट ११ मा रहेको पितौजी स्वास्थ्य चौकी १५ शैयाको अस्पताल वन्ने भएको छ । महेन्द्र राजमार्ग नजिकै अवस्थित उक्त स्वास्थ्य चौकीलाई स्तरोन्नती गर्दै १५ शैयाको अस्पताल बनाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

एक पालिका एक अस्पताल बनाउने नेपाल सरकारको योजना अनुसार अघिल्लो आर्थिक वर्षमा २ सय ५१ पालिकाका स्वास्थ्य संस्थालाई १५ बेडको अस्पतालमा स्तरोन्नती गरिएको थियो जसको भवन निर्माण कार्य चलिरहेको छ। यो वर्ष २ सय ३६ स्वास्थ्य संस्थालाई स्तरोन्ती गरिने भएको हो ।

जस अन्तर्गत गैडाकोट ११ को पितौजी सहित नवलपुरमा बुङ्दीकालि गाउँपालिकाको रकुवा ढेडगाउँ स्वास्थ्य चौकीलाई पनि स्तरोन्नती गरिने भएको छ । यस वर्ष स्तरोन्नती गरिने भनिएका स्वास्थ्य चौकीहरुको भवन निर्माण गर्न सम्भाव्यता अध्ययन का लागि सहरी विकास मन्त्रालयलाई पठाइसकेको बताइएको छ । त्यस्तै छिमेकी जिल्ला तनहुँमा पनि ३ वटा स्वास्थ्य चौकीलाई १५ शैयाका अस्पताल बनाइने भएको छ ।

Share.

Leave A Reply