देवचुलीको विकास खर्चमा सुधार, फागुन सम्म ४० प्रतिशत खर्च सकियो

0

डोलराज रानाभाट, देवचुली, १८ फागुन । नवलपुरको स्थानीय तह मध्ये सवैभन्दा राम्रो संघीय अभ्यासमा रहेको देवचुली नगरपालिकाले आफ्नो विकास खर्चमा सुधार गरेको छ । गत वर्ष फागुन महिनासम्म २७ प्रतिशतमात्रै खर्च गरेको नगरपालिकाकाले चालु आर्थिक वर्षको फागुन १५ सम्म ४० प्रतिशत खर्च गर्न सफल भएको प्रवक्ता एवम वडानम्वर १३ का अध्यक्ष डिल वहादुर खत्रीले जानकारी दिनुभयो ।

जनतलाई नगरपालिकाको कार्यप्रगति वारे जानकारी दिनुपर्छ भन्ने उद्देश्यले हालसम्म नगरपालिकाले सम्पादन गरेका कार्यहरुको जानकारी दिन आज कार्यालय परिसरमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद भुषालले असारमा भुक्तानी शुन्य वनाउने उद्देश्यका साथ चालु आर्थिक वर्षका लागि निर्धारण गरिएका वडा र नगरका आयोजना चैत्र मसान्त सम्म ९० प्रशित सम्पन्न गरिने उहाँको दावी छ ।

ठूला आयोजनाहरु ठेक्का लाग्न ढिला हुँदा कार्यान्वयनको प्रकृयामा रहेको र छिट्टै लोकाहामा औद्योगिक निर्माणको कार्यलाई तिव्रता दिने बताउनुभयो । १२ वटा शाखाका लागि ७२ करोड २० लाख ५८ हजार विनियोजन गरिएको मध्ये फागुन मसान्त सम्म २९ करोड ५२ लाख ९९ हजार रुपैया खर्च भएको छ । भौतिक तर्फ ११ किलोमिटर सडक कालोपत्रेका लागि ठेक्का प्रकृयामा रहेको, साँढे ५ किलोमिटरको नाला तथा साइड निर्माण र ७ किलोमिटर ग्राभेल सडक निर्माण भएको छ । जनताको सेवा दैलोबाटै उपलब्ध गराउने लक्ष्यका साथ ६ वटा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको र ५ वटा भवन निर्माणको चरणमा रहेको नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

अपाङ्गता भएका जनतासँग सहज कुराकानी र भेटघाटमा सजिलोका लागि दोस्रो तल्लामा रहेको नगर प्रमुखकको कार्यकक्ष भुइतल्लामा सारेको नगरपालिकाले सुशासनको पाटोलाई ध्यानमा राखेर वडा अध्यक्षलाई प्रवक्ता तोकेको छ भने कार्यपालिकाका निर्णयहरु वेवसाइटमा राख्ने गरेको छ । जनतालाई सिफारिस सहित परामर्शका लागि गेटको आडैमा नागरिकता सहायता कक्षको पनि आजै उद्घाटन गरिएको छ ।

संघीयतामा जनताको पहुँच वृद्धि गर्न नगरपालिकाले शिक्षा, सहकारी, फोहोरमैला व्यवस्थापन सहित २६ वटा एने,नियम र कार्यविधिहरु निर्माण गरिसकेको छ । अव छिट्टै निशुल्क नक्सा उपलब्ध गराउने, नागरिक शिक्षाको पाठ्यक्रम निर्माण गर्ने र कर तिनुपर्ने विल पानी विजुलीको जस्तै घरघर पुर्याउने कार्यको संचालन गर्ने नगरप्रमुख श्रेष्ठले बताउनुभयो । कार्यक्रममा १७ वटै वडाका अध्यक्षहरु, कर्मचारी र जिल्लाका पत्रकारहरुको उपस्थिती रहेको थियो ।

Share.

Leave A Reply