यो रहेछ चोर, मास्क लगाएको चोर चिन्न कठिन

0

डोलराज रानाभाट, १८ फागुन । गैंडाकोट नगरपालिका वडानम्वर ४ को काँग्रेसचोकमा रहेको मोनिका सुनचाँदी पसलबाट नगद र सुन चोरी गर्ने चोरको तस्विर निकालिएको छ । तर मास्क लगाएका कारण चिन्ह कठिन भएपनि चारीमा प्रयोग गरिएको ठेला भने टोलटोलेमा फेला परेको छ । आज राति करिव १२ बजेतिर पसलमा रहेको करिव ७० देखि ८० तोला सुन र ७ लाख नगद चोरी भएको पसलका संचालक उमेश गहतराजले जानकारी दिनुभएको छ ।

भाडामा लिएर सुन पसल संचालन गर्दै आउनु भएका गहतराजलाई घरवेटीले फोन गरेपछि घटना थाहा पाउनुभयो । पसलमा विहेका लागि वनाइएका सामानदेखि ग्राहकको पेश्की रकम समेत रहेको लकर ठेलामा हालेर चोरले लगेको सीसीटिभि फुटेजबाट देखिएको छ । अहिले ठेला टोलटोलेमा फेला परेको तर चोरको पत्ता लाग्न वाँकी छ । स्थानी, गैडाकोट प्रहरीले चोर पत्ता लगाउन प्रयास गरिरहेका छन् ।

Share.

Leave A Reply