गैँडाकोट ९ को आयोजनामा बाल सचेतना कार्यक्रम सम्पन्न

0

१८ फागुन । गैँडाकोट ९ वडा कार्यलयको आयोजनामा हिजो बाल सचेतना कार्यक्रम सम्पन भएको छ । वडा बाल मैत्री अवधारणमा गईरहेको बताउदै वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले बालबालिका लाई उनीहरुको अधिकार र कर्तव्य प्रति जानकार र जागरुप बनाउन कार्यक्रम संचालन गरेको बताउनुभयो । कार्यक्रममा बोल्दै वडा बाल संचालका अध्यक्ष कृसला सापकोटाले बालबालिका लाई विकासको हरेक कार्यमा सहभागी गराउनुपर्ने बताउनु भएको छ । त्यस्तै कायक्रममा बोल्दै नगरबाल संजालकी अध्यक्ष सुस्मिता भण्डारीले बालबालिकाले आफुले सिकेका कुरा व्यवहारमा लागु गनुपर्ने बताउनुभयो । कार्यक्रममा बिजय सामुदायीक शिक्षा सदनका कार्यकारी निर्देशक खेमराज सापकोटाले प्रशिक्षण दिनुभएको थियो। कार्यक्रममा ७२ जना बालबालिका को सहभागीता रहको वडा सदस्य भवानी बर्तौलाले जानकारी दिनुभयो । कार्यक्रममा टाेल विकास संस्थाकाका अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधीहरु र वडाका जनप्रतिनिधिहरुकाे सहभागीता रहेकाे थियाे ।

Share.

Leave A Reply